मकवानपुरकाे बागमती गाँउपालिका–३ कुटिभकारीस्थित चिरुवा खाेलामा नवनिर्मित झोलुङ्गे पुलको समुउदघाटन गरिएको छ । आज मंगलवार पुल निर्माण स्थलमा एक कार्यक्रमका साथ बागमती गाँउपालिका अध्यक्ष सर्केश घलानले उक्त झाेलुङ्गे पुलकाे समुउदघाटन गरिएकाे हाे ।
उदघाटन कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि घलानले बागमती गाउपालिकाकाे वडा नं. ३ लाई आफुले राजनीतिक प्रतिशोधको आधारमा विभेद नगरी विकासकाे हरेक क्षेत्रमा विशेष प्राथमिकतामा राखिएकाे बताउदै तत्काल दूध चिस्यान केन्द्रकाे पनि टेन्डर गरिने भएको हुँदा अब कृषकहरु दूध र तरकारी उत्पादनमा लाग्न आग्रह समेत गर्नु भएकाे थियो ।
मन्तव्यकै क्रममा बागमती- ३ का अध्यक्ष कमान सिं पाख्रिनले पुल निर्माण कार्यमा महत्वपुर्ण भुमिका रहेकाेमा पालिका अध्यक्ष शर्केस घलानलाई धन्यवाद दिनुभएकाे छ । वडाको बिकासमा उल्लेखनीय काम भएको भन्दै आगामी दिनमा गुणस्तरीय कामलाई प्राथमिकता दिने बताए । बागमती -३ का केही खहरेहरुमा पक्कि पुल बनिसकेकाे र अन्य खाेला खहरेहरुमा पनि पक्कि पुल तथा झाेलुङ्गे पुल निर्माणकाे याेजना परिसकेकाे हुँदा केही महिनामै व्यापक रुपमा बिकासको मुलहरु देखिने बताउनुभयाे ।
पुल बनेसँगै स्थानीयवासी हर्षित देखिएका छन् । पुल निर्माण पश्चात् स्थानियलाई आवतजावत गर्न निकै सहज भएको वडा अफिस झाेलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बिजय जिम्बाले बताउनु भयो ।
विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न, स्थानीयवासीलाई वडा कार्यलय अावत जावतमा सहज तथा घाँस, दाउरा ल्याउन सहज भएकाेमा स्थानीयवासी खुशी भएका छन् । पुलले साविक वडा नं. ८ र ९ नम्वरलाई जाेडिएकाे छ । यस पुलबाट सल्लेनी, सुख्खा, जरायोटार, घटदमार, तिनभंगालबाट वडा कार्यालय आउने सेवाग्राहिहरुलाई विशेष राहत मिलेकाे छ ।
गाँउपालिकाको पहलमा सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागकाे संघिय झाेलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गतबाट पुल निर्माण भएकाे हाे । जसमा संघिय झाेलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ३८ लाख ८६ हजार ७ सय ९१ रुपैंया (८५%),बागमती गाँउपालिकाबाट ५ लाख ६३ हजार ८ सय ६२ रुपैंया (१३%) र जनश्रमदान ६८ हजार ७ सय ४८ रुपैंया (२%) गरि कुल ४५ लाख ३७ हजार ४ सय १ रुपैंयाकाे लागतमा झोलुङ्गे पुल निर्माण भएकाे हाे ।
राडो नेपाल, पिटीएपी लगाएतका संस्थाहरुको सहयोगमा पुल निर्माण भएकाे हाे । पुलकाे लम्वाई ८१ मिटर रहेकाे निर्माण समितिका अध्यक्ष जिम्वाले वताउनु भएकाे छ ।
उक्त उदघाटन कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिश्नु प्रसाद सापकोटाकाे विशिष्ट अातिथ्यता ३ नं. वडाध्यक्ष कमान सिङ पाख्रीन, वडा सदस्य सुनिल बज्यु, तुल बहादुर माेक्तान, स्वकिय सचिव मनोज बल लगाएतकाे आतिथ्यताका साथै स्थानिय वुध्दिजिवी, श्रमिक र युवाहरुकाे उपस्थतिमा समुउदघाटन भएकाे थियाे ।