नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले आफु जति समय सम्म प्रधानमन्त्री हुने हो त्यतीन्जेल सम्म राम्रो काम गरेर देखाउने बताउनु भएको छ ।
चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभाको आज हेटौंडामा सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘कती समय सम्म प्रधानमन्त्री हुन्छु भन्ने छैन । तै पनि जति समय बस्छु राम्रो काम गरेर देखाउँछु ।’
भ्रष्टाचारका बिरुद्ध र शुसासनका पक्षमा अभियान चलाईएको र यो अभियानलाई निरन्तर रुपमा अगाडी बढाइने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । यो अभियान केही व्यक्तिलाई मन नपरेको वताउँदै उहाँले भन्नुभयो–‘ यो अभियान कुशासन बिरुद्ध हो ।’
प्रधानमन्त्रीका विरुद्धमा खाली सर्वोच्चमा मुद्धा हालिरहने चलन बढेको उहाँले बताउनुभयो । सबै परिवर्तनको रक्षाका लागि अहिलेको मोर्चा बनेको उहाँको भनाई छ ।
अहिले पनि परिबर्तनलाई उल्टाउने चेष्टा गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो । यो मोर्चा चार वटा पार्टीको मात्र नभएर देशका जनताको परिवर्तनको मोर्चा रहेको बताउनुभयो । खाली कम्युनिष्ट पार्टीहरु विभाजित हुन्छन् भन्ने सन्देश गएको छ । अब कम्युनिष्ट पार्टीहरु पनि जुट्छन् भन्ने देखाउन पनि मोर्चाबन्दी गरिएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।