

मकवानपुर l हिन्दु नेपाली नारीहरुको चाड हरितालिका तीजको आवसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति मकवानपुरको महिला विभागद्धारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम आज शनिबार हेटौंडा ४ स्थित हेटौंडा पार्टी प्यालेसमा भएको हो l आयोजित उक्त कार्यक्रमा तीज विशेष कार्यक्रम गर्नुका साथै शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रम बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा तीज विशेष कार्यक्रमका संयोजक सिर्जना पौडेलको सभाध्यक्षता भएको थियो।
यस कार्यक्रम आयोजनाले दिदीबहिनीहरुबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका साथै संगठनलाई मजबुत बनाउन टेवा पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको संयोजक पौडेलले बताइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेकपा(माओवादीकेन्द्र) मकवानपुरका संयोजक सर्केश घलान, शिक्षक संगठनका केन्द्रीय सदस्य एंव मकवानपुर ईन्चार्ज शम्भु विक्रम लामा, संगठनका जिल्ला अध्यक्ष वसन्त राई, पूर्व जिल्ला अध्यक्ष भोगेन्द्र लुईँटेल, पूर्व जिल्ला सचिव कृष्ण खनाल, केन्द्रीय परिषद् सदस्य जीवन तिमल्सिना, सचिवालय सदस्य संदेश तुम्सिङ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा संगठनमा आवद्ध मकवानपुर जिल्ला अन्तर्गतका एक सय ५२ जना महिला तथा पुरुष शिक्षकहरुको उपस्थिति रहेको सचिवालय सदस्य तुम्सिङले जानकारी दिए l
