कराते खेलाडी विकास भोलनलाई अन्तर्राष्ट्रिय दुई स्वर्ण

मकवानपुर l भारतको झारखण्ड राज्यमा भएको दुई दिवसीय अन्तराष्ट्रीय कराते खेलमा मकवानपुरको बागमती गाउँपालिकाका खेलाडी विकास भोलनले दुई विधामा दुई स्वर्ण हात पारेको छ l
भारतको इन्टरनेसनल टाइगर्स फुल कन्ट्याक्ट फेडरेशन द्वारा आयोजित आईटीएफसीकेई अल इन्डिया एण्ड इन्डो -कनटिनेंटल इन्टरनेसनल कराते च्याम्पियनसिप २०२३ प्रतियोगितामा गत सेप्टेम्बर २ र ३ मा भएको दुई दिवसीय खेलमा खेलाडी भोलनले दुई स्वर्ण पदक हासिल गरेको उनका गुरु रामलाल थोकरले जानकारी दिए l भोलनले कुमुते ६० केजी तर्फ बंगलादेश र भारतको खेलाडीलाई हराउदै स्वर्ण पदक हात परेको हो l प्रतियोगितामा नेपालबाट सुरेन्द्र श्रेष्ठले टीमको कोच गर्दै १० जना खेलाडी सहभागी गराएको थियो l
प्रतियोगिता भारत,बंगलादेश,भुटान र नेपालको सहभागी रहेको थियो l भोलन आज नेपाल फर्किसकेका छन् l उनलाई बागमती गाउँपालिकाको युवाहरुद्वारा भव्य स्वागत तथा बधाई सहित सम्मान समेत गरेको छ l अन्तराष्ट्रीय स्वर्ण विजेता खेलाडी भोलनलाई स्थानीय सरकारले सम्मान गर्ने भएको छ l भोलानालाई प्रत्यक्ष भेटेर अबको दिनमा स्थानीय सरकारले के कस्तो सहयोग गर्नु पर्छ भन्ने प्रश्नमा,आफ्नो पारिवारिक अवस्था निकै कमजोर भएकोले सोचे जस्तो प्रतिस्पर्धा गर्न नसकेको बताएको छन् l प्रतियोगितामा स्थानीय सरकार,खेलकुद विकास समिति लगायतका खेलप्रेमी महानुभावहरुले सहयोग गरेर हौसाला दिनु भो र दुई अन्तराष्ट्रीय स्वर्ण जित्न सफल भए, यदि स्थानीय सरकारले सहयोग गरे जसरी ७ औं एजिकेएफ कराते च्याम्पियनसिप २०२३ मा प्रथम भए त्यसै गरी सार्क खेलमा पनि प्रतिस्पर्धा गर्ने अनि नेपालको नाम र आफ्नो पालिकाको नाम अन्तराष्ट्रीय स्तरमा चिनाउने खेलाडी भोलनको आफ्नो लक्ष्य रहेको बताए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *