मकवानपुर l बागमती गाउँपालिकामामा डेंगी संक्रमकको संख्या वृद्धि भएको छ l बागमतीमा साउन १ गतेदेखि हालसम्म डेंगी संक्रमण १६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा हालसम्म ३८० जनामा डेंगी पुष्टि भइसकेको छ l सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा २६० जना थाहानगरपालिकाका , इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक / एक जनामा संक्रमण पुष्टि भएको हो l
यसैगरी, मनहरी गाउँपालिकाका ३१ जना, बागमती गाउँपालिकाका १६ जना, भीमफेदी गाउँपालिकाका १० जना, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाका ९/९ जना डेंगी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मकवानपुर जिल्लामा सो अवधिमा संक्रमणका कारण एक जना पुरुषको मृत्यु भएको छ ।