पहिचानको आधारमा प्रदेशको नाम पुन: नामकरण गर्नु पर्छ – मन्त्री श्रेष्ठ

काठमाडौं । सभ्यता र पहिचानको आधारमा प्रदेशको नाम पुन: नामकरण गरिनु पर्ने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन  मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयो l किरात देवास राई उत्थान समाज नेपालको १९ औं स्थापनाको दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्टले सो धारणा व्यक्त गर्नु भएको हो l

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री श्रेष्ठले भन्नु भयो,  अहिलेको संविधान कुनै राजामहाराजले बक्सिस दिएको संविधान होइन, कसैले उपहार दिएको संविधान होइन, हजारौ हजार नेपाली आमाका सन्तानहरुको रगत संग साटिएको संविधान हो, संविधानका अक्षरहरु हेर्दा कालो अक्षरले लेखिएको भएता पनि त्यो सहिदका राता रगतले लेखिएको संविधान हो, यो संविधानको कार्यन्वयन नभएमा प्रतिक्रान्ति हुनेछ l अन्तराष्ट्रिय मुलुकमा हेर्न हो भने पहिचानको आधारमा प्रदेश नामकरण  भएको संकेत गर्दै नेपालमा पनि किरात, नेवा, ताम्सालिङ राख्दा फरक नपर्ने र प्रदेशहरुको नामकरण पुन: नामकरण हुनु पर्ने वहाँको जिकिर थियो l कोशी प्रदेश  सभ्यताको आधारमा तथा पहिचानको आधारमा किरात प्रदेश नामकरण गर्न कम्जुस्याई गर्न नहुने मन्त्री श्रेष्ठको भनाइ थियो l

मन्तव्यको क्रमममा  देवास राई समुदायलाई प्रदेश सरकारले गर्नु पर्ने सहयोग र सहकार्य गर्न तयार रहेको , नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक राष्ट्र भएकोले राज्यले सबैलाई सम्मान गर्नु पर्ने  संविधान प्रदत अधिकार सुनिश्चित हुनु पर्नेमा देवास राईको तथ्यांक राज्यले लुकाएको प्रति दु:ख व्यक्त गर्नु भयो l  साथै नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले एक अर्काको धर्मको विरोध गर्न नहुने वहाँको सुझाव थियो l  देवास राईको इतिहासलाई लिपिवद्ध गर्नु पर्नेमा जोड दिनु भयो l

प्राचिन किराती सभ्यता जति पुरानो छ राईको इतिहास पनि त्यतिनै पुरानो छ, जनजातिको भाषा, संस्कृति राज्यको सम्पत्ति भएकोले सबै जाति भाषाको जगेर्ना गर्नु पर्ने राज्यको दायित्व भएको  कार्यक्रमका विशेष अतिथि किरात यायोक्खाका केन्द्रीय जीवन हाताचो राईले धारणा व्यक्त गर्नु भयो l

स्थापना दिवसको अवसरमा देवास समुदायमा योगदान पुर्याउने  करिब तीन दर्जन विशिष्ट व्यक्तिक्तित्वहरुलाई  सम्मान गरिएको छ l सम्मानित हुनेहरुमा संस्थापक सदस्य, निवर्तन सदस्य, राष्ट्रिय खेलाडी, पत्रकार, कलाकारहरु रहेका छन् l

किरात देवास राईको भाषा, संस्कृतिको संरक्षण र भातृत्वको विकासमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको किरात देवास राई उत्थान समाजका केन्द्रीय अध्यक्ष आशामान  राईले बताए ।

कार्यक्रममा  विशिष्ट अतिथि  आदिवासी जनजाती महासंघका केन्द्रीय महासचिव दिवस राई,वान्तवा राई खिमका सल्लाहकार किवाङ हाङ राई  लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हिजो शनिबार  काठमाडौंको कोटेश्वर स्थित किरात राई यायोक्खाको सुम्निमा हलमा विभिन्न जिल्लाबाट भेला भएका देवास राईले साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएका हुन् ।

समाजका  अध्यक्ष आशामान राईको  अध्यक्षता र बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन  मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा किरात यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राई, आदिवासी जनजाती महासंघका केन्द्रीय महासचिव दिवस राईको विशेष आतिथ्य साथै किरात राई संग सम्बद्ध विभिन्न भाषिक, सांस्कृति संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, विज्ञ एवम् प्रतिष्ठित व्यक्तिहरु कार्यक्रममा अतिथिको रुपमा उपस्थित रहेको थियो ।

 

 

कार्यक्रममा नेपाल आदिवासी वाणिज्य संघका अध्यक्ष्य तथा किरात राई यायोक्खा सल्लाहकार तेज राई,  किरात राई यायोक्खा पूर्व उपाध्यक्ष  राज बहादुर राई,  सल्लाहकार मनि कुमार राई, समाजका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार जिवन राई, सल्लाहकार  पूर्ण बहादुर राई, प्रेम राई, किरात राई एवम्  प्रज्ञापरिषद , दुमि किरात राई,किरात पुमा राई तुखा वाडखाला,किरात खालिद राई उत्थान संघ, किरात वाम्बुले राई, किरात राई चाम्लीङ खाम्वातिम,  किरात बायूड राई सुम्नीनियम, थुलुङ राई सामा,किरात साम्पाङ राई, जुम्लेखा नेपाल, वान्तवा राई खिम, किरात राई विभिन्न विधा अन्तर्गतका किरात राई युवा संघ, किरात राई सांस्कृतीक कलाकार संघ, किरात राई पत्रकार संघ,, किरात राई कर्मचारी मन्च, किरात राई सुम्नीमा संघ, किरात राई खेलकुद संघ, किरात राई लेखक संघ लागयतका भाषिक तथा राई संग आवद्ध संघसंगठनका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो l

विभिन्न जिल्लाबाट आफ्नो जातीय पहिचान र भेषभुषासहित उपस्थित देवास राई समुदायले भेषभुषा र कला संस्कृतिको प्रदर्शनका साथै आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *