

मकवानपुर । माओवादी केन्द्रकाे “जनता संग माओवादी” रूपान्तरणको अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र बागमती गाउँपालिकाले तीन महिने अभियानकाे आज शनिबार उद्धघाटन गरेकाे छ ।
पालिका अन्तर्गतका नाै वटै वडाहरूमा सरसफाइ तथा विविध कार्यक्रमहरू गरी अभियानकाे उद्घाटन गरिएकाे अध्यक्ष अरूण बलले जानकारी गराउनु भयाे ।
वडा नं १ मा हाट बजार सरसफाई गरिएकाे थियाे भने वडा नं २ मा स्वास्थ्य चाैकी, प्रहरी चाैकी परिसर सरसफाइ गरिएकाे थियाे । वडा नं ३ मा पार्टी प्रवेश तथा कमिटी विस्तार र वडा नं ४ मा एकल महिलाको चार परिवारलाई मकै छर्न आर्थिक सहयोग र धानबालीमा औषधी छरेर अभियानकाे उद्धघाटन गरिएको थियाे । वडा नं ५ मा बाटोघाटाे सरसफाइ गरेका थिए भने वडा नं ६ ले वडाका उत्कृष्ट विद्यालयका सबै परिवार, लामा गुरु, मगर पुरेत, उत्कृष्ट छात्र र छात्रालाई सम्मान गर्दै अभियान उद्धघाटन गरेका थिए । वडा नं ७ ले विद्यालयकाे खानेपानी इनार निर्माण,किसानकाे खेतमा पुगी धान खेत गोडमेल गरेका थिए भने वडा नं ८ मा विद्यालयको मैदान सरसफाई र शहिद परिवारलाई अभिनन्दन तथा सम्मान गर्दै अभियमनकाे उद्घाटन गरे भने वडा नं ९ ले सडक मर्मत तथा सरसफाई गर्दै अभियानकाे उद्घाटन गरिएकाे वडागत कमण्डरहरूले जानकारी गराए ।
पार्टीले अभियानका लागि वडा नं १ देखि ९ सम्मका लागि क्रमश : अरूण बल ,जनक बहादुर पहरी , कमान सिं पाख्रीन, दन्तलाल माझी , सुनिता खड्का गोले, बिष्णु प्रसाद सापकोटा, सर्केश घलान, लक्ष्मी पाख्रीन र बिमल थिङलाई वडागत कमाण्ड ताेकी जिम्मेवारीका साथ परिचालन गरिएकाे अध्यक्ष बलले जानकारी दिए ।
