किरात देवास राई समाजले  १९ औं स्थापना दिवस मनाउदै  

काठमाडौं, किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिले १९ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ l

स्थापना दिवस यही भाद्र १६ गते शनिबारका दिन किरात राई यायोक्खाको केन्द्रीय समितिको कार्यालय कोटेश्वर, काठमाडौंको सुम्मिना हलमा हुने समाजका केन्द्रीय अध्यक्ष आशमान राईले जानकारी गराउनु भयो l

कार्यक्रम  बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता हुने अध्यक्ष राईले बताउनु भयो l

आफ्नो भाषा ,कला, संस्कृतिको  अध्ययन अनुसन्धान एवम् संरक्षण तथा जातीय उत्थान र विकास गर्ने उदेश्यले स्थापित यस संस्थाको स्थापना दिवस विविध कार्यक्रमहरू गर्दै मनाउदै आइरहेको समाजका अध्यक्ष राईले बताउनु भयो ।

 

पृथ्वीनारायण शाहको एकिकरण पूर्व कालखण्डमा पाल्पाका राजा मुकुन्द सेनले राईहरूको बहादुरीता संग सम्झौता गर्दै राईहरूको सहयोगमा पाल्पा राज्यको सिमाना कोशी सम्म पुर्याएका थिए । पूर्व सर्त तथा सम्झौता मुताविक मकवानपुरमा कार्यकारिणी शासन संचालनका लागि चौतारिया बाजाहाङ राईलाई सुम्पिएको थियो ।  मकवानपुरमा शासन संचालन गर्ने कार्य बाजहाङ राईले गरेको इतिहासको स्मरण गराउंदै  तिनै बाजहाङ राईको  सन्तति  किरात देवास राई भएको अध्यक्ष राईको बताउनु भयो ।

देवास राईहरू प्राचीन किरात भूमि वल्लो किरात ( पूर्वमा सुनकोशी देखि पश्चिममा त्रिशुली नदी सम्म र दक्षिणमा मकवानपुरको चित्लाङ देखि उत्तरमा रसुवा जिल्लाको गोसाँकुण्डसम्मको भूभाग ) भित्र र आसपासका मकवानपुर, धादिङ ,नुवाकोट,काभ्रे, चितवन, रौतहट, बारा, सिन्धुली आदि जिल्लाहरूको भूभागमा देवास राईहरूको बसोबास रहेको अध्यक्ष राईले जानकारी गराउनु भयो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *