नेकपा माओवादी बागमती गाउकमीटीको पूर्ण बैठक सम्पन्न,

नेकपा माओवादी केन्द्रको जनता संग
विशेष रुपान्तरण अभियान अन्तर्गत बागमती गाउँपालिकामा पूर्ण बैठक सम्पन्न भएको छ ।
बागमती गाउँकमिटी अध्यक्ष अरुण बलको अध्यक्षतामा आज बैठक भएको हो ।

बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य एवम् प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्ष विष्णु प्रसाद सापकोटा, प्रदेश कमिटी सदस्य सर्केश घलान, लक्ष्मी पाख्रीन,कमान सिङ पाख्रीन, सुनिता खड्का गोले,प्रदेश सल्लाहकार लाल सिङ सिङ्तान ,हस्त बहादुर थिङ,दन्तलाल माझी,बिमल थिङ,लगायतका अतिथिहरूकाे उपस्थितिमा पहिलो पूर्ण बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रमुख अतिथि विष्णु प्रसाद सापकोटाले केन्द्रीय पार्टी निर्देश तथा वर्तमान सरकारले गरेको राम्रो कामहरु बारे जानकारी गराउनु भयाे ।
बैठकले सबै वडामा जनता संग माओवादीको विशेष रुपान्तरण अभियान अन्तर्गत वडा कमान्डर र सह-कमान्डरहरु तोक्दै जिम्मेवारी समेत प्रदान गरिएकाे गाउँकमिटी अध्यक्ष अरूण बलले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *