मकवानपुर,बागमती गाउँपालिकामा बेवारिसे अवस्थामा एक पुरूषको सव फेला परेको छ । बागमती गाउँपालिका वडा नम्बर १ को रामपुर स्थित नर्सरी भित्र बाँसको बुट्टामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो । वडा नं १ का अध्यक्ष यहुन्ना राईको अनुसार अन्दाजी ३० वर्षको एक पुरुषको शव आज दिउसो फेला परेको हाे । उक्त शव पहिचान हुन नसक्ने अवस्थामा रहेको र शवमाथि धमिरा लागिसकेको अध्यक्ष राइले बताए । शव फापारवारी इलाका प्रहरी कार्यालका टोली द्वारा पोस्टमार्टमको लागी हेटौंडा स्थित हेटौडा अस्पताल पठाएको वडा अध्यक्ष राईले जानकारी दिए ।