

हेटौंडा । जनता समाजवादी पाटी ९ जसपाले बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक पार्टी विस्तार गरेको छ । आज भएको कार्यक्रममा पहिलाे पटक पार्टी विस्तार संगै समाजवादी युवा संगठनको पनि विस्तार भएको हो । साथै विवेक घलानकाे अध्यक्षतामा १९ कार्यसमिति चयन भएको छ । विभिन्न पाटी परित्याग गरि १९ जनाले जसपा पाटी प्रवेश गरेका हुन् ।
जसपाले युवा जोस र जागरलाई समेटेर अघि बढ्ने हेतु युवालाई प्राथमिकतामा राखेको छ । प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् युवा विभाग सदस्य दिपक दोर्जे लामाले मोमबत्ति बालेर कार्यक्रमको उद्दघान गरेका हुन् । अहिले देशलाई समृद्ध बनाउनको लागि युवाजनको आवश्कता रहेको उनले बताए । अन्य पाटी झै भोटको लागि मात्रै जनतामाझ जाने भन्दानी आवश्यकतालाई परिपुर्ति गर्नको लागि यस पाटीले काम गर्ने छ । बोल शाह र हर्क सम्पाङको सिको जसपाका युवा नेताले गर्ने छ । साथै मरभुमीमा पानी निकाल्न सक्ने र पानीमा आगो बाल्न सक्ने युवा जोसलाई उजागर गर्नु पर्ने जस्ता परामर्श उनले गरे ।
आज गठन भएको समाजवादी युवा संघमा विवेक घलान अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसै गरि उपाध्यक्षमा विनोद मोक्तान र दिपेश गोम्वा दुई जना चयन भएका हुन् । साथै सचिव दिपेश भोम्जन , सहसचिव विकास लो,कोषाध्यक्षमा राधिका लामा थिङ रहेका छन् भने त्यसै गरि सदस्यहरुमा राहुल कार्की , दिपेश भोम्जन,रोहन देउजा, बिशाल श्रेष्ठ , बुद्ध गोले,राजन घिमिरे ,दिपेश गोम्जा , मनकुमारी गोले,प्रविन लोप्चन, रिपिन महत,अमर तितुङ्ग,सुमन स्याङतान र अनिलकुमार स्याङतान , रेशम सिङ्गतान चयन भएका हुन् ।
आज भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम ताम्सािङ केन्द्रीय इन्चार्ज शान्त लामाको सभादध्यता रहेको थियो । त्यसै गरि बिशेष अतिथि युवा विभाग केन्द्रीय सदस्य मेजरमान मोक्तान , अतिथिहरुमा युवा विभाग केन्द्रीय सदस्य इन्द्र मान थिङ, तामसालिङ जिल्ला अध्यक्ष एवम् संघीय परिषद् सदस्य सोम बहादुर घलान, तामसालिङ जिल्ला उपाध्यक्ष एवम् संघीय परिषद् सदस्य योग बहादुर ब्लोन , तामसालिङ जिल्ला उपाध्यक्ष एवम् संघीय परिषद् सदस्य दिपक सिङ्गतान,संघीय परिषद् सदस्य दरि सिंह वाईबा, प्रदेश सचिव प्रेम बहादुर वाईबा , जिल्ला सह ईन्चाज दिल बहादुर रुम्बा , तामसालिङ उपाध्यक्ष जीवन मान मोक्तान,विज्ञा परिषद् संहयोजक उत्तम गोम्बा , विज्ञा परिषद् संहयोजक कोषादध्य रिता मंराती र तामसालिङ उपाध्यक्ष विजय तामाङ लगायतले उपस्थिति जनाएका थिए ।
