मकवानपुर, पहिलो संविधान सभाका पूर्व सदस्य शेरबहादुर पहरी र बागमती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष जनक पहरीका ममतामयी आमा स्वर्गीय सर्की माया पहरीको स्मृतिमा श्रद्धान्जली सभा सम्पन्न भएको छ l
बागमती गाउँपालिका नेकपा माओवादी केन्द्रको सल्लाहकार रहनु भएका स्वर्गीय पहरीको तेह्रौ दिनको पुण्यतिथिका दिन आज सोमबार बागमती २ शाखाटार स्थित मृतकको आफ्नै निवासमा श्रद्धान्जली सभा भएको हो l
श्रद्धान्जलीसभामा बोल्दै,मकवानपुर क्षेत्र नम्बर एक (क) को सभा सदस्य प्रेम बहादुर पुलामी पुलामीले स्वर्गीय सर्की माया आमाले पार्टी र समाजलाई पुर्याएको योगदानको स्मरण गर्दै पार्टीलाई अपुरणीय क्षति भएको बताउनु भयो l
नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटी अध्यक्ष अरुण बलको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान , मकवानपुर जिल्ला समन्वय समिति संयोजक ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त खत्री, नेकपा माओबादी केन्द्र पार्टीका जिल्ला सचिव भिम पाख्रिन, लक्ष्मी गोले, कमान सिं पाख्रिन, ज्ञान सागर भोलन, सुमन पाख्रिन, जीवन गोले लगायत पार्टी सम्बद्ध पार्टी नेता तथा कार्यकर्ताहरु सभामा उपस्थिति भइ स्वर्गीय पहरी प्रति श्रद्धान्जली अर्पण गरेका थिए l लामो समयदेखि क्यान्सर रोगका कारण पिडित स्वर्गीय पहरीको गत श्रावण ३२ गते ६३ वर्षको उमेरमा निधन भएको थियो l