ललिता निवास प्रकरणमा बाबुराम भट्टराई ले बयान दिए,

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई ललिता निवास प्रकरणबारे बयान दिएका छन्।

उनले आफूलाई प्रकरणबारे थाहा भएको सत्यतथ्य सिआइबीका अधिकारीहरूलाई बताएको सेतोपाटी ले जानकारी दिए।

‘हो, मैले बयान दिएको हो। मैले जानेबुझेको र सत्यतथ्यको जानकारी दिएको छु,’ उनले भने,‘मैले यसअघि भन्दै आएका कुरा उहाँहरूलाई पनि भनेको हुँ।’

भट्टराईले त्यतिबेला आफूलाई थाहा भएको सबै विवरण सिआइबीका अधिकारीलाई जानकारी गराएको नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।

‘हिजो (आइतबार) साँझ ५ बजे भट्टराईले सिआइबीका अधिकारीलाई घरमा बोलाएर त्यतिबेला आफूलाई थाहा भएको विवरण बताउनुभएको छ,’ उनले भने।

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा सर्वोच्च अदाललते पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिइसकेको छ!

गठबन्धनका नेताहरूले पूर्वप्रधानमन्त्रीहरुलाई सिआईबी बोलाएर बयान दिन सुझाव समेत दिएको थियो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *