बकैयामा कुटपिटबाट एक महिलाको मृत्यु,

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर– ८ देउता खोलाको शिरमा कुटपिटबाट महिलाको मृत्यु भएको हो। स्थानीय महिलासंगको झगडाका क्रममा स्थानीय जालि माया घिसिङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

स्थानीय ४८ वर्षिय पातलि माया भोलनको कुटाइबाट घिसिङको मृत्यु भएको हो । देउता खोलाको शिर बस्ने घिसिङ र सोही गाउँकी भोलन बिच सामान्य बाद बिबाद भएर झगडा हुँदा घिसिङको टाउकोमा भित्री चोट लागी घाईते भएकी थिइन ।

उनको स्थानिय मेडिकलमा उपचार गराई डिस्चार्ज भई वडाको न्यायिक समितीमा गई उपचार खर्च कुटपिट गर्ने ब्यक्ती पातली मायाले ब्यहोर्ने सहमती समेत भएको थियो ।

तर बितेको साउन ३१ गते राती अचानक जालिमाया बेहोस भई उपचारको लागी चुरेहिल अस्पताल हेटौडा ल्याई थप उपचारको लागी टिचिङ अस्पताल काठमाण्डौ पठाएकोमा सम्बन्धीत डाक्टरले उपचार हुन नसक्ने भनेपछी घर ल्याउने क्रममा सुक्रबार बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घिसिङको मृत्युपश्चात प्रहरीले पातलीमाया भ्लोनलाई शनिबार घरवाटै पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडा ल्याएको छ । कुटपिट गर्ने पातली मायाको अनुसंधान पनि प्रहरीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *