डेंगी रोग नियन्त्रण तथा आँखा पाक्ने रोग सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

मकवानपुरको बागमती गाउँपालिकामा डेंगी रोग नियन्त्रण तथा आँखा पाक्ने रोग सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l

बागमती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा  आज गाउँपालिको सभाहलमा सो अभिमुखिकरण कार्यक्रम भएको हो l

 

 

 

 

 

बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे र बागमती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश कुमार गुप्ताले सहजीकरण गरेका थिए l

कार्यक्रमा डेंगी रोग र आँखा पाक्ने रोगको परिचय, लाग्ने कारण, रोकथाम तथा बच्ने उपाय बारे सहजकर्ता द्वारा सहभागीहरुलाई जानकारी गराए l डेंगी रोग अन्य रोग भन्दा जटिल प्रकृतिको रोग भएकोले यसबाट बच्न जनस्वास्थ्य अधिकृत अधिकारीले सुझाव दिए l

डेंगी रोग विशेष गरी भदौ देखि कार्तिक महिनामा संक्रमित हुनेको संख्या उच्च रहेको हालसम्मको तथ्यांकबाट देखिएको हुँदा उक्त महिनामा विशेष सतर्कता अपनाउन आग्रह गरे l सर्वेक्षण अनुसार लामखुट्टेहरु पुराना टायरहरुमा  सबैभन्दा बढी  उत्पादन भएको पाइएकोले अनावाश्यक टायर नराख्न अनुरोध गरे l नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार दश मिनेट कार्यालय, विद्यालय तथा आफ्नो घर वरपर सरसफाई गर्न निर्देश गरेको छ, मन्त्रालयको निर्देशन बमोजिम रोगको संक्रमणबाट जोगिन सरसफाई कार्यमा लाग्न अधिकृत अधिकारीले सुझाव दिए l हाल देशभर आँखा पाक्ने रोग तीव्रगतिमा  फैलिदै गएको छ, यस रोगबाट नआतिन र जथाभावी आँखामा हाल्ने औषधिको प्रयोग नगर्न समेत अधिकृत अधिकारीले सुझाए l कार्यक्रमा  सहभागीले राखेका जिज्ञासाको  समाधान गर्नुका साथै हाल डेंगी र आँखा पाक्ने रोगबाट संक्रमित व्यक्तिहरुको गत आ.व. र चालु आ.व.को तथ्यांक समेत सार्वजनिक गरेरका थिए l चालु आ.व.को पहिलो महिना मै बागमती गाउँपालिकामा तीन जना डेंगी रोगको संक्रमित बिरामी भेटिएको र आँखा पाक्ने रोगको संक्रमितहरु भने धेरै भएको जानकारी गराए l

आगामी केही दिनमै डेंगी रोग तथा आँखा पाक्ने रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको वडाहरुमा स्वास्थ्य शाखाबाट कार्यक्रम संचालन हुने स्वास्थ्य शाखा प्रमुख दिनेश कुमार गुप्ताले जानकारी दिए l

कार्यक्रमा गाउँपालिका अन्तरगतका विद्यालयका शिक्षक, विद्यालय नर्स, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयवासीहरु गरी ४२ जनाको सहभागिता रहेको थियो l

प्रतिक्रिया दिनुहोस्: