अवैध रुपमा नियुक्ति गरिएकाे शिक्षक हटाउन स्ववियुकाे चेतावनी, ३ दिन भित्र माग सम्वाेधन नभए आन्दाेलन गर्ने । ।

हेटौंडा ।

मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले अवैधानिक ढङ्गले नेपाली विषयको शिक्षक नियुक्ती गरेको भन्दै प्रेस विज्ञप्ती मार्फत चेतावनी गराईएको छ ।

नेपाली संकायका प्राध्यापक राम चन्द्र सुवेदीको सेवा निवृत भए पछि एकजना शिक्षक विज्ञापन मार्फत आह्वान गरिएको थियो । तर अवैधानिक रुपमा ३ जना प्राध्यापक नियुक्त गरेको भन्दै स्ववियुले प्रेस विज्ञप्ति मार्फत क्यम्पसलाई चेतावनी गराईएको हो ।

 

 

 

 

 

 

 

प्रेस विज्ञप्तिमा क्याम्पसकाे विधि र विधान भन्दा बाहिर रहेर नियुक्ति गरिएकाे प्राध्यापकहरुलाई तत्काल हटाउन स्वतन्त्र विद्यार्थी युनियन जाेरदार माग गर्दछाैं । यदि हाम्राे माग अनुसार ७२ घण्टा भित्र प्राध्यापकहरु तत्काल नहटाए आन्दोलीत हुने विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा नेकपा माआेवादी केन्द्र निकट स्वतन्त्र विद्यार्थी युनियनका छाेईसाङ लामा स्याङ्तानको अध्यक्षता रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *