

बागमती गाउँलिकामा नेपाल शिक्षक महासंघले ५१ बुँदे माग सहित र्याली तथा धर्ना कार्यक्रम गरेको छ। बागमती गाउँपालिकाको कार्यलय झुरझुरेमा दिउँसो १ बजे भएको कार्यक्रम पालिका भित्र कार्यरत शिक्षक ,कर्मचारीहरुको सहभागिता रहेको थियो।
नेपाल शिक्षक महासंघ संघीय कार्य समितिको निर्णय अनुसार प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा नेपाल शिक्षक महासंघ र नेपाल सरकार बीच विभिन्न समयमा मन्त्री तथा सचिव स्तरीय वार्ता र छलफलबाट गर्ने भनिएका महासंघका ३० बुँदे र ५१ बुँदे सहमति प्रति वेवास्त गर्दै नेपाल सरकारले एक तर्फि रुपमा पहिले गरिएका सहमतिलाई लत्याएर मन्त्री परिषदबाट पास भए पछि पुन: धर्ना तथा र्याली गर्नु परेको बागमति गाउँपालिका शिक्षक महासंघ अध्यक्ष वसन्त राइले जानकारी दिनु भयाे।
नेपाल सरकारबाट पास भएको विधेयक खारेज गरी शिक्षक महासंघ ,विभिन्न पेशागत संघ/संगठन, नेपाल राहत शिक्षक ,साविक उ.मा.वि. शिक्षक विद्यालय कर्मचारी बाल बिकास सहज कर्ता ,अनुदान शिक्षक ,स्थायी शिक्षक लगायत सबैको माग सम्बाेधन हुने गरी नेपाल शिक्षक महासंघ बागमती गाउँपालिकाको आव्हानमा १५० भन्दा बढी शिक्षक कर्मचारीको उपस्थितिमा र्याली मार्फत बजार क्षेत्र परिक्रमा गरि बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान मार्फत नेपाल सरकारलाई माग पत्र हस्तान्तरण गरिएको बागमती शिक्षक महासंघले जनाएको छ। ५१ बुँदे माग पत्र हस्तान्तरण पछि २ घण्टे धर्ना कार्यक्रम समेत गरिएको स्रोतले जानकारी दिएको छ।
