

अविरल वर्षा संगै गएको पहिरोको कारण मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभानका ६ जना बेपत्ता भएका छन् ।
राति गएको पहिरोका कारण काभ्रेको खानीखोला गाउँपालिका वडा नं ५ र बागमती गाउँपालिका मकवानपुरको वडा नं ५ काे सिमाना रहेकाे सिक्रे दाेभानका एकै परिवारका ६ जना पहिरोमा पुरिएका हाे ।
पहिरोमा पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी शिला स्याङतान र ज्वाईं जीवन पहरी रहेकाे उद्धार टाेलीमा खटिएका बागमती ५ निवासी देवराज थिङले जानकारी गराए । साथै उनीहरुका दुई सन्तान साढे दुई वर्षीय छोरा र साढे एक वर्षका छोरा रहेका छन्। पुरिएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी बागमती ५ भोर्लेनी एक मेडिकलमा उपचारकाे क्रममा मृत्युु भएकाे छ। पुरिएका अन्यको खोजी कार्य जारी रहेको छ ।
