प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गर्नु भएको छ ।
आइतबार समाजवादी मोर्चा विद्यार्थी माेर्चा घाेषणा कार्यक्रममा प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन सदनबाट पारित गर्ने प्रयास भइरहेको बताएका बताउनु भयो । ऐन आएपछि शिक्षा क्षेत्रका देखिएका समस्याहरु हट्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यकममा सम्बोधनको क्रममा प्रधानमन्त्री दहालले भन्नु भयो – संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पनाअनुसार त्यो कामको सुरुवात शिक्षा क्षेत्रबाट हुनुपर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा समाजवादीको भ्रूणहरु नरोपिएसम्म समाजवादको कुरा कागजमै सीमित हुने बताउनु भयो।
‘जबसम्म शिक्षाको क्षेत्रमा समाजवादीको भ्रूणहरू रोपिदैनन् जबसम्म सामाजिक क्षेत्रमा, सामाजिक न्यायको युग, समृद्धिको नयाँ युगतिर देशलाई डोर्याउने शैक्षिक क्यालेन्डर बन्दैन तबसम्म समाजवादको कुरा खाली कागजी बन्ने खतरा बढ्छ। त्यसैले समाजवादी शिक्षाको सुरूवात गर्न एउटा नयाँ प्रक्रिया अगाडि बढेका छौं,’उहाँले भन्नुभयो। शिक्षा क्षेत्रमा गुणात्मक कदमहरू चालिएको बताउनु भयो ।