साउन १० २०८०, बुधबार ।
ज्यामिरेमा पिकनिक पार्क निर्माण सम्पन्न भएको छ।बाग्मती गाउँपालिका वडा न.५ ,ज्यामिरेमा बनेको पिकनिक पार्कको उदघाटन १० गते बुधबार माननीय प्रेम बहादुर पुलामी , बाग्मती गाउपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रुपमा उदघाटन गर्नु भयो।
बाग्मती गाउँपालिका कार्यलयबाट उत्तर तर्फ पर्ने यस ज्यामिरे भन्ज्याङ पिकनिक पार्कमा हरियाली बाताबरण र मनोरम दृश्यहरुको अवलोकन गर्न सकिने छ।यस ज्यामिरे भञ्ज्याङ् पिकनिक पार्कले बाग्मती गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र यसलाई संरक्षण गर्न स्थानीयहरुनै सक्रिय हुनु पर्ने गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनु भयो। भौतिक निर्माण कार्य धेरै गर्नु पर्नेछ,अहिलेसम्म जतिभएको छ,त्यसलाई संरक्षण गर्नु पर्ने बताउनु भयो।
प्रदेश सरकारबाट आ.व. २०७९/८० को बजेटबाट बिनियोजन हुने गरि पहिलो पटक १० लाख र दोस्रो पटक ससर्त बजेटबाट १० लाख जम्मा २० लाखले २ वटा टियलसी भवन , पक्की चर्पी , पिङ ,फलामको बेन्च र सिमेन्टको बसाईको वाल निर्माण भएको छ। बाग्मती गाउपालिकामा पहिलो पटक राज्यबाट बजेट हालेर बिकास गर्न सुरु गरेको अवगत गराउदै ,यस पिकनिक पार्कले बाग्मती गाउँपालिका पहिचान झल्काउने खाल्को ,दृश्य र बाताबरण तय गर्नु पर्ने माननीय प्रेम बहादुर पुलामिले बताउनु भयो। आगामी दिनमा यस ठाउँको बिकासको लागि आफुले सकेको सहयोग गरि रहने पुलामिले बताएको छ। यस पिकनिक पार्कको बिकाससंगै यहाँको स्थानीयको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने बिचार व्यक्त गर्नु भयो।
उदघाटन कार्यक्रममा समाजसेवी , बुद्धिजीवी ,शिक्षक, राजनीतिक दलका प्रतिनिधि , वडा अध्यक्ष ,सदस्य लगायतको जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो। दिउँसो १२ बजे सुरु भएको उदघाटन कार्यक्रम पार्क निर्माण समितिका अध्यक्ष चित्र बहादुर पुलामीले समापन गर्नु भयो ।