मकवानपुर सांगीतिक धमाकाको प्रचारप्रसारमा कोरियामा फुटबल टूर्नामेंट!

हेटौडा: गोर्खाली इल्चुक एफसीको आयोजनामा आज कोरियामा फुटबल टूर्नामेंट भएको छ । मकवानपुर कोरिया मञ्जले आयोजना गर्न लागेको मकवानपुर सांगीतिक धमाका भाग -२ को प्रचार प्रसारको लागि कोरियामा गोर्खाली इल्चुक एफसीले टुर्नामेन्ट आयोजना गरेको जनाएको छ ।

फुटबल टूर्नामेंटमा ४ समुहको सहभागीता रहेको थियो । टूर्नामेंटमा आयोजक समुहनै बिजेता भएको र हिमालय एफसी मुहुक उपविजेता भएको थियो । बिजेतालाई ७५ हजार र उपबिजेतालाई ४५ हजार नेपाली रुपयाँ प्रदान गरिएको गोर्खाली इल्चुक एफसीका क्याप्टेन कमल घिसिङले जानकारी दिए ।

मकवानपुर सांगीतिक धमाका भाग २ आउदो सेप्टेम्बर २९ मा हुने जनाईएको छ । सांगीतिक धमाकामा सुजन चापागाईं, प्रिती आले लगाएतका नेपाली कलाकाहरुको प्रस्तुति रहने छ ।

 

 

दर्पण सम्बाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *