
बागमती, मकवानपुर ।
मकवानपुरको बागमती गाउपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । मृत फेला पर्नेमा गाउँपालिकाको वडा नम्बर -१ बस्ने वर्ष ४८ को लगुदोर्जे दोङ रहेका छन् ।
तीन दिनदेखि वेपता रहेका दोङको शब आज आइतबार बिहान बागमती नदिको किनारमा फेला परेको हो ।
शुक्रबार सिन्धुलीस्थित छोरीको घर जान भनेर हिडेको दोङ, बेलुकी ८ बजे सम्म घर फर्किदै छु भनेर फोनमा कुरा भएको तर ८ बजे पछि एकाएक दोङ सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सम्पर्क बिहिन भए लगत्तै तिन दिनसम्म खोजतलास गर्ने क्रममा बागमती-१ माझगाउ स्थित र सिन्धुलीको खोलाबिच बगरमा फेला परेको सोहि वडाका वडा सदस्य हस्त बहादुर थिङले जानकारी दिए । शब पोस्टमार्टमको लागी हेटौडा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ ।
