बकैयामा सोमबारदेखि रक्सी-चुरोट निशेध गरिने, सार्वजनिक पदधारण गरेकाले खाए दोब्बर सजाय

मकवानपुरको बकैया गाउँपालिकाले सूर्ती मदिराजन्य पदार्थ सेवनमा रोक लगाउने भएको गाउँपालिकाका अध्यक्ष धर्मराजलामिछानेले सुचना जारी गरी पालिकालाई लागुऔषध मुक्त स्थानीय तहको रुपमा स्थापित गर्न आउँदो साउन गते सोमबारबाट सूर्ती मदिरा सेवनमा रोक लगाउन लागिएको हो  

गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्वारा निषेधित नियन्त्रित लागुपदार्थहरु जस्तो गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोगगरिने लागुपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने, पाउडरको माध्यमबाट प्रयोग गरिने, मदिराजन्य जाँड, रक्‍सी, छ्याङ, तुम्बा, निगार लगायत सुर्तीजन्य लागु पदार्थहरु श्रावण गतेबाट पालिकाको क्षेत्रभित्र ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको अध्यक्ष लामिछानेले सुचनामार्फत बकैंयावासीहरुलाई जानकारी गराएका छन्  

सुचनाको बेवास्ता गरी सूर्ती मदिराजन्य पदार्थ प्रयोग, ओसारपसार बिक्री वितरण गरेको पार्ईए उल्लेखित सामाग्रीहरु जफतसंगैकानुन अनुसार कारवाही समेत गरिने जनाएको पालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतले सूचनाको वेवास्ता गरी लागुपदार्थको प्रयोग गरेको पाईएमा दोब्बर सजाय हुने समेत सूचनामा उल्लेख

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.