

विवेक सिंतान
बागमती, मकवानपुर ।
मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ । गाउँपालिकाको १० औं गाउँसभाको दोस्रो बैठकमा अध्यक्ष सर्केश घलानले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट पारित भएको हो ।
पालिकालाई संघीय वित्तीय समानीकरण अनुदान १० करोड ४३ लाख, संघीय सशर्त अनुदान २० करोड ८० लाख, समपुरक ८० लाख ,सशर्त अनुदान पुजिगत २ करोड २६ लाख, र प्रदेश सरकारको अनुदान सामनिकरण अनुदान १० करोड ३० लाख ९ हजार , सशर्त अनुदान चालू ३ करोड ८८ लाख ५४ हजार , सशर्त अनुदान पुजिगत ४५ लाख ,विशेष अनुदान ५० लाख समपुरक अनुदान १ करोड ,संघीय राजस्व बाँडफाँड ११ करोड ४६ लाख ४७ हजार , मालपोत कार्यलय (घर जग्गा रजिट्रेशन दस्तुर ) ५० लाख ,राजस्व बाड्फाड प्रदेश तर्फको २ करोड ८८ लाख ४५ हजार , बन रोयल्टी ५० लाख ,दहत्तर बहत्तरको बिक्रीबाट हुने आय ५ करोड ७० लाख, र जम्मा आन्तरिक आम्दानी ४ करोड ७५ गरेर जम्मा ६८ करोड ३० लाख १० हजार कुल बजेट प्रस्तुत भएका छन ।
बाग्मती गाउँपालिकाले प्राप्त अनुदान बजेट ३९ करोड ५५ लाख ५६ हजारबाट आर्थिक विकास तर्फ ११.०१% ,सामाजिक विकास तर्फ २४.२७%,पुर्वधार विकास तर्फ २८.१५%,सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र मा ३.५०%, र कार्य सन्चालन तथा प्रशासनिक क्षेत्र ३३.०६% खर्च अनुमान गरिएको छ।
पालिकाले प्रत्येक वडालाई प्रवर्द्धन गर्न प्रत्येक वडामा एक चिस्यान केन्द्र स्थापन गर्ने लक्ष्य राखिएको छ।कृषि र पशु ब्लकको रुपमा विकास गरी अनुदान र साझेदारीमा कृषि र पशुका कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
बाग्मती गाउँपालिकाको समृद्धिको आधार कृषि र पुर्वधार भन्ने मुल नारा सहित बाग्मती गाउपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बजेट निर्माण गरेको देखिएको छ।
