सुरेश पाख्रिन
बागमती सन्देश, बागमती मकवानपुर ।
बागमती गाउँपालिकाले ६ जना भुमिहिनलाई जग्गा धनी प्रमाण (लाल पुर्जा) वितरण गरिएकाे छ । पालिकाकाे सभा हलमा आज भएकाे दशाैं गाउँ सभाकाे दाेस्राे बैठकबाट वडा नं. ३ का १ जना भुमिहिन दलित सहित ६ जना भुमिहिन सुकुमवासीलाई जग्गा धनि प्रमाण पुर्जा वितरण गरिएकाे हाे ।
जग्गा धनी प्रमाण पाउनेमा वडा नं. ३ का भुमिहिन दलित मंगल बहादुर बि.क., भुमिहिन सुकुमवासी वीर बहादुर भोलन, बुद्धिमान मोक्तान, मंगली माया स्याङतान, तेजबहादुर मोक्तान र बल बहादुर भोलन रहेकाे छ ।
बागमती गाउँपालिकाले पुर्जा वितरण गरिएकाे याे तेस्राे पटक हाे । यस अघि वडा नं. ४ का भुमिहिन दलित ३ जना, भुमिहिन सुकुम्वासी २८ जना र वडा नं. ५ का भुमिहिन सुकुमवासी २ जना गरि ३३ जनालाई लालपुर्जा वितरण गरिसकेकाे छ ।
यता वडा नं. २ का आफ्नै नाममा २०३०/ ०३२ सालमा नापी भएकाे र विवाद नभएकाे ५ जनालाई जग्गाकाे पुर्जा वितरण गर्न पन्ध्र दिने हक दाबी सुचना सकिए पश्चात रजश्व संकलन गरि अव्यबस्थित बसाेबासलाई पुर्जा वितरण गर्ने तयारीमा रहेकाे पालिका अध्यक्ष सर्केश घलानले बताउनु भएकाे छ ।
यस लगत्तै वडा नं. १,२ र ६ काे भुमिहिन दलित र भुमिहिन सुकुमवासीलाई आउने कार्तिक मसान्त सम्ममा पुर्जा वितरण गर्ने पालिकाका भूमि शाखा प्रमुख निशा ढुंगानाले बाताउनु भएकाे छ । प्रविधिक समस्या नआएमा पालिका भरी करिब १५/१६ महिना भित्रमा नाप जाँचकाे कार्य सकाउने र सम्पूर्ण नापी कार्य सकिए पश्चात अव्यबस्थित बसाेबासलाई पनि पुर्जा वितरणकाे प्रक्रियामा जाने बताईएकाे छ ।
वर्षातकाे समयमा नापी कार्य गर्न केही असहज भएता पनि नापी कार्य निरन्तर चलिरहने बताईएकाे छ । पालिकाकाे वडा नं. ३, ४ र ५ नापी कार्य सकिएकाे, वडा नं. १,२ र ६ मा नापी कार्य अन्तिम चरणमा रहेकाे, वडा नं. ७ मा आधा जति नापी भएकाे र बाँकी वडा नं. ८ र ९ मा पनि छिट्टै नापी कार्य अघि बढाउने शाखा प्रमुख ढुङ्गानाले बताउनु भएकाे थियाे । बागमती गाउँपालिकाले २०७६ सालदेखि जग्गा नापी कार्यकाे सुरुवात गरिएकाे भएता पनि अहिले राष्ट्रिय भूमि आयाेगकाे कार्यविधि- २०७८ अनुसार नापी कार्य भैरहेकाे जनाईएकाे छ ।
यसका साथै पालिकाले विभिन्न वडाका सरकारी निकायलाई जग्गा दान गरे बापत २३ जग्गा दातालाई सम्मान गरेकाे छ । वडामा रहेकाे वडा कार्यलय, सामुदायिक स्वास्थ्य केन्द्र, खाेप केन्द्र लगाएतका कार्यलयलाई जग्गा दान गरे बापत पालिका भरिका २३ जनालाई अध्यक्ष घलानले सम्मान गरिएकाे थियाे । कार्यालय प्रयोजनका लागि जग्गा दान गर्नु हुनेमा वडा नं. ३ बाट तुलासा थोकर, डुब्वाङ पाख्रिन, मानकाजी जिम्बा, आइते सिं पाख्रिन, बिजय जिम्बा, कार्शाङ पाख्रिन, सुबास घिसिङ, तिलकबहादुर माझी लगायत २३ दातालाई गाउँपालिका अध्यक्ष सर्केस घलानले सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको बागमती -३ का वडाध्यक्ष कमान सिं पाख्रिनले जानकारी दिनुभएकाे थियाे । सम्मान पाउनु हुने सम्पूर्णलाई पालिका अध्यक्ष घलानले धन्यबादका साथै बधाई व्यक्त गर्नुभएकाे थियाे ।
बागमती गाउँपालिकाले आज १०आैं गाउँ सभाकाे दाेस्राे बैठकबाट आ.व. २०८०/०८१ काे लागि ६८ कराेड ३० लाख १० हजार रुपैयाँकाे वजेट ल्याईएकाे छ ।