काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमानिधन भएको हो । सीताको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको अस्पतालले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।
अस्पतालमा अहिले माओवादी केन्द्रका नेता कार्यकर्ता एवं शुभेच्छुक जम्मा भएका छन् ।