जनप्रतिनिधिलाई खोज्न सेवाग्राही हेटौंडाको होटल र चिया पसल धाउदै हैरान।

२६ असार २०८० ,मंगलबार

दिन अघि जग्गासम्बन्धी सिफारिस लिन वडा कार्यालय पुगेका एक जना सेवाग्राहीलाई वडा न.६ का अध्यक्ष कृष्ण प्रसाद बजगाईँले मकवानपुरगढी गाउँपालिका परिसरमा बोलाए, हतारिँदै गाउँपालिका पुगेका उनलाई अध्यक्ष बजगाईँले फेरी बजारको एउटा चिया पसलमा छु आउनुस् भन्दै बोलाए । त्यसपछि पुनः भोलि वडा कार्यालयमै आउनुस् भनी बोलाए ।

‘पहिला गाउँपालिका बोलाउनुभयो, त्यसपछि बजारको चिया पसलमा बोलाउनुभयो । एकछिनपछि फोन गरेर भोलि भेटौँला, वडामै आउनु्स् भन्नुभयो । २/३ दिनसम्म वडा कार्यालय धाएँ । सँधै म पुग्दा उहाँले कार्यालयमै थिएँ भर्खरै निस्किएँ भन्नुहुन्छ । तर, बुझ्दा त्यो दिन उहाँ आउनुभएकै रहेनछ । सेवाग्राहीलाई झुट बोल्नुपर्ने कारण के छ ?’ उनले भने ।

अर्का एक जना सेवाग्राही सिफारिस लिन जाँदा वडाध्यक्ष बजगाईँलाई कहिल्यै कार्यालयमा नभेटिने बताउँछन् । ‘सँधै मन्त्रालय छु भन्नुहुन्छ, सचिवज्यूले सिफारिस बनाइदिनुभयो । तर, झण्डै हप्ता दिनपछि मात्रै उहाँले हस्ताक्षर गरिदिनुभयो । फाइल बोकेर हेटौंडाका चिया पसल–पसलमा वडा अध्यक्ष खोज्दै हिड्नुपरेको छ, हामी दिक्क भएका छौँ ।’ उनले गुनासो गरे ।

सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकि सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिनुपर्ने हुन्छ । तर, अध्यक्ष बजगाईँ त्यसो गर्दैनन् । लामो समय आफु वडामा अनुपस्थित हुने भएपनि उनले वडामा कुनै जानकारी नै दिँदैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *