पानीकाे अभावले किसानकाे बालीनालीमा क्षती नपुगाेस भनी माेटर पम्प वितरण गरिएकाे हाे : अध्यक्ष पाख्रिन।

बागमती गाँउपालिका वडा नं. ३ का अध्यक्ष कमान सिं पाख्रिनले पानीको अभावले किसानको बाली नालीमा क्षती नपुगोस भनी माेटर पम्प वितरण गरिएकाे बताउनु भएकाे छ । यहि असार २४ गते शनिवारका दिन ३ नं. वडा कार्यलय स्थित कृषक समूहलाई माेटर वितरण कार्यक्रमलाई सम्वाेधन गर्दै उक्त भनाई राख्नु भएकाे थियाे ।

 गत जेठकाे खडेरीले किसानकाे बालीनालीमा क्षती पुगेकाे र अब  हिँउद महिनामा पनि किसानकाे बाली नाली हरियाली देखियोस, गाउँमा अन्नको अभाव नहोस भन्ने उदेश्यलाई मध्य नजर गर्दै कृषक समूहलाई पानी तान्ने माेटर पम्प वितरण गरिएकाे बताउनुभएकाे छ ।
यस कार्यबाट किसानलाई खाद्यन्नमा आत्मनिर्भर हुन मद्दत पुग्ने आशय व्यक्त गर्नु भएकाे थियाे । कृषि उत्पादन विना समृद्धि असम्भव भएकाले सकारात्मक सोचका साथ उत्पादनमा जुट्न सम्पुर्ण कृषकहरुलाई अध्यक्ष पाख्रिनले आग्रह समेत गर्नु भएकाे छ ।

आ.ब. २०७९/०८० को साना सिंचाइ कार्यक्रम शिर्षकमा ३ नं. वडा कार्यलयद्वारा बिनियोजित रकम रु. आठ लाख बाट ३ नं. वडाका १६ वटा कृषक समुह मध्ये १३ वटा कृषक समूह र २ वटा विद्यालय (ज्ञान मन्दिर आ.वि. र विष्णू आ.वि.) लाई लालटिन विद्युतिय माेटर पम्प वितरण गरिएकाे हाे । बाँकी कृषक समूहकाे नविकरणकाे कार्य टुङ्गिए लगत्तै माेटर वितरण गरिने वडा अध्यक्ष पाख्रिनले बागमती सन्देशलाई बताउनुभएकाे थियाे ।

३ नं. का कृषक समूहलाई भुगोल र समुहको आधारमा माेटर वितरण गरिएकाे थियाे । यस कार्यबाट करिब १७३ घरधुरी लाभान्वीत हुने बताईएकाे छ । बागमती- ३ मा गढन सिंचाई आयाेजना र कुमजाेर सिंचाई आयाेजना गरि २ वटा सिंचाई आयाेजना सञ्चालनमा रहेकाे छ ।

अध्यक्ष पाख्रिनले विजुली उज्यालोको लागी मात्रै नभई उज्ज्वल भविश्यको लागि उपयोगी हुने भएकोले बिजुलीको सहि उपयोगका लागि सबै कृषि समुहहरुले कृषक समुहको नाममा मिटर बक्स खरिद गरि साना सिचाइ संचालन गर्न सुझावमा समेत जोड गर्नुभएकाे थियाे ।

बागमती गाँउपालिकाले किसानका लागि उत्पादनमा आधारित अनुदानकाे नीति तथा कार्यक्रममा व्यवस्था गरिएकाे छ । आलु र गाेलभेडामा ५० पैसा, लसुन, प्याज, खुर्सानीमा १ रुपैया, सुन्तला, कागती, जुनार र कफिमा ३ रुपैयाँ प्रतिकिलाेका दरले अनुदान रकम दिने भएकाे छ।

माेटर वितरण कार्यक्रममा पुर्व वडा अध्यक्ष बल बहादुर पाख्रीन, कार्यपालिका सदस्य भगवती माझी, वडा सदस्यहरु रतन बहादुर बज्यु, तुल बहादुर मुक्तान, विष्णु माया वि.क. लगायतको उपस्थित रहेको जनाईएकाे छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.