हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयमा लगाइएको ताला छ (६) घण्टापछी खुलाइएको छ । वडाको बार्षिक बजेट बिनियोजन तथा योजना परिचालनका बिषयमा यहाँका राजनैतिक दल, सबै टोल बिकास समिती लगायतसंग समन्वय गरेर छलफल गर्ने सहमति पछि ताला खुलाइएको हो ।
स्थानीय युवा सुन्दर दाहालले असार २६ गतेभित्र टोल बिकासका प्रतिनिधि, जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरुसंग समन्वय गरेर बजेट परिचालनका बिषयमा छलफल गर्ने सहमतिपछि ताला खुलाइएको बताए ।
उनका अनुसार वडा अध्यक्ष अनिल कुमार बानियाँले वडाको बार्षिक बजेट एकलौटी ढंगबाट मनलाग्दी रुपले बाँडफाँड गरेको, आवश्यकलाईभन्दा आफ्नालाई अनुदान दिएको, वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सिमित ब्यक्ति र स्थानमा गरिएको भन्दै स्थानीय युवाहरुले कार्यालय खुल्ने बित्तिकै तालाबन्दी गरेका थिए। उनिहरुले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तालाबन्दी गरेका हुन् ।
छलफलमा मेयर मिना लामा, वडा अध्यक्ष बानियाँ, वडाका जनप्रतिनिधि , टोल बिकास संस्थाका प्रतिनिधि , स्थानीय युवाहरु लगायतको उपस्थिति रहेको थियो ।