बिषालु च्याउ खाएर एकै परिवारको ५ जना घम्भिर बिरामी

१८ असार २०८०, सोमबार

मकवानपुर , बिषालु च्याउ खाएर एकै परिवारका ५ जना घम्भिर बिरामी भएका छन।बाग्मती गाउँपालिका वडा न.७ धन्साही निवासी बर्ष ४५ को रेशम बि.क.को परिवारनै बिषालु च्याउ खाएर बिरामी परेका हुन। आज बिहान ११ बजे जङ्गलबाट ल्याएको च्याउ खाए पछि बिरामी भएको स्थानीय सम्सेर बि.क. ले जानकारी दिए। बिरामी बि.क. परिवार सबैलाई स्थानीय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि हेटौंडा लगिएको खबर प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *