बाग्मती गाउँपालिकाको दशौ गाउँसभा सम्पन्न , कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकता।

मकवानपुर,  बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा  कार्यक्रम  सर्वसम्मत पारित भएको   बागमती  गाउँपालिकाको समृद्धिको आधार कृषि पुर्वधार भन्ने मुल नाराका साथ आइतबार  बागमती गाउँपालिकाको  दशौ गाउँसभा सम्पन्नभएको छ।  गाउँ सभाका सभा अध्यक्ष तथा पालिका अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति तथाकार्यक्रम  प्रस्तुत गर्नुभएको थियो।

 

आगामी आर्थिक वर्ष २०८०/०८१  मा पालिकाले गर्ने कार्यक्रमहरुलाई  अध्यक्ष घलानले प्रस्तुत गर्दै, बागमती गाउँपालिकाको ओटैवडाका अध्यक्ष तथा कार्यपालिक सदस्यहरुले अध्यक्ष घलानद्वरा प्रस्तुत गरिएको  नीति तथा कार्यक्रममा छुटेका केही बुदाहरुलाइ नीतितथा कार्यक्रममै समेटेर लैजानु पर्ने सुझाव राखेका थिए। यो पटक बाग्मती गाउँपालिकाले  निति तथा कार्यक्रम  मार्फत नै कृषि तथाउद्पादनमा आधारित रहेर बजेट ल्याउने भएको छ। यस अन्तर्गत पालिकाको ओटै वडामा चिस्यान केन्द्र खोल्ने किसानलाई आत्मनिर्भर बनाउने योजना बार्षिक निति तथा कार्यक्रम मै समेटिएको ! भौतिक निर्माणले मात्रै  आम जनसमुदायको जीवन स्तर उकास्ननसक्ने भन्दै अब सबै कृषि उद्पादन मुलक कार्यमा लाग्नु पर्नेमा जोड दिनु भयो!  झुरझुरे ज्यामिरे भोर्लेनी हुदै सिक्रे दोभान सम्मजनमुक्ति मार्गलाई कालोपत्रे गराउने , क्रसर खोल्ने, बेतिनी जाने बाटोलाई कालोपत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने, राईगाउ पशुकेन्द्र, फापरबारी पशु केन्द्र, झुरझुरे पशु केन्द्र स्थापना गराउने, जनयुद्ध सहिद मार्ग गुर्दुम कुटिभकारी गडन हुदै डोटे सम्मको बाटोलाईनिरन्तरता दिने, राईगाउ क्यान्टीन सडकलाई निरन्तर दिन सम्बन्धित निकायलाई पहल जारि राख्ने, बागमती करिडोरको लागी पहल गर्ने , सबै भाषाभाषी, धर्मवलम्विहरुलाई उच्च समान गर्दै समावेशिता लागु गराउने , उत्पादनमा आधारित अनुदानको लागी गोलभेडा आलुमा५० पैसा, खोर्सानी प्याज लसुनमा रुपया, सुन्तला, कागती, जुनार कफिमा रुपैया प्रति केजि अनुदान दिने जस्ता कयौ ठुलठुलायोजनाहरु वार्षिक निति तथा कार्यक्रम मै समावेस गरिएको !

 

यसै क्रममा उपाध्यक्ष फडिन्द्र तिमल्सिनाले बजेट तथा नीति ,कार्यक्रम निर्माण गर्दा पार्यप्त सल्लाह सुझाव लिनु पर्ने बताउनु भयो।समग्रमा नीति तथा कार्यक्रम निकै उत्कृष्ट रहेको भन्दै यो अहिले ल्याएको निति तथा कार्यक्रमलाई सहि ढंगले कार्यन्वयन गर्न सके धेरैउपलब्धि हासिल हुने  तिमल्सिनाले बताए। यसै क्रममा आफ्नो सुझाव राख्दै वडा . अध्यक्ष युहान्न राइले शिक्षा क्षेत्रलाइ थप उकास्नबाल उद्यन स्थापना गर्नु पर्ने बताउनु भयो। वडा . अध्यक्ष जनक पहरीले निति तथा कार्यक्रम निकै उत्कृष्ट रहेको भन्दै भाषा सस्कृतीजोगाउन सीमान्तकृत आदिवासी जनजातिको संग्रहलय स्थापन गर्नु पर्ने बताउनु बताए। आफ्नो सुझाव राख्दै वडा . का पुनरामघलानले कृषि क्षेत्रलाई जोड दिदै गर्दा उदपादित कृषि समान बिक्री गर्ने बजार यातायातको अबस्थालाई मध्य नजर गर्न जरुरी रहेकोबताएका छन। महिलाको अधिकार शसक्तीकरणको लागी कार्यपालिका सदस्य भगवती माझिले सबैको ध्यानाकर्षण गराएका थिए।यसै क्रममा वडा . का अध्यक्ष तथा शिक्षा तथा सामाजिक बिकास संयोजक कमान सिं पाख्रीनले शिक्षालाई  थप गुणस्तरीय बनाउनकेही बिद्यालयहरुलाइ समायोजन गर्नु पर्ने बताउनु भयो। वडा . को अध्यक्ष टेक बहादुर डिम्डुङ्ले पनि नीति तथा कार्यक्रममा समाबेशभएको कार्यक्रमहरु राम्रो रहेको बताउनु भयो।

विविध बिषय माथी भएको  छलफल गुनासो तथा सुझाव गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलानले नोट गर्नुभएको थियो बाग्मती गाउँपालिका सबै वडाको अध्यक्ष तथा सदस्यहरुको उपस्तिथि रहेको यस गाउँ सभाको सभाध्यक्षता गाउँपालिकाअध्यक्ष सर्केश घलानले गर्नु भएको थियो भने साथै उपाध्यक्ष फडिन्द्र तिमल्सिना रहनु भएको थियो। अन्तमा विविध बिषयहरु माथीउठेका प्रस्न सुझावहरुको जवाफ दिनु भै  अध्यक्ष घलानले गाउँ सभाको समापन गर्नु भएको थियो।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.