मकवानपुरगढीमा पनि मनाईयो राष्ट्रिय धान दिवस

 

हेटौडा । आज असार १५ अर्थात राट्रिय धान दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाईको छ यसै बिच मकवानपुरगढी गाउँपालिकामा यो दिवसलाई बिभिन्न कार्यक्रम गरि मनाईको छ । आज मकवानपुरगढी गाउँपालिकामा स्थानीय कृषि प्रदर्सनी सहित २० औ राट्रिय धान दिबस तथा रोपाई महोत्सब मनाइएको हो । मकवानपुरगढी गाउपलिका कृषि बिकाश शाखाको आयोजना तथा बंश गोपाल माध्यमिक बिद्यालय ९प्राबिधिक शिक्षालय० को सहकार्यमा धान दिबस तथा रोपाई महोत्सब मनाइएको हो ।

कार्यक्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले अब स्थानीय सरकारले जग्गा जमिनहरु बाझो राख्न नदिने र अब छिट्टै जग्गाहरु बाझो राख्नेहरुलाई करको दायरामा ल्याउने बताउनु भयो साथै अहिले बिउ बिजनमा लाखौ पैसा हामीले भारत पठाएको प्रति अब सबै सचेत रहन पनि सबै किसानहरुलाई आग्रह गर्नु भयो । अब सबै किसानहरुले स्थानीय बिउ बिजनामा जोड दिनु पर्ने समेत बताउनु भयो । अहिले किसानहरुले प्रयोग गरेको हईब्रिड धानको छिटो फाल्ने भए पनि धान आयु पनि लामो नहुने र पराल पनि लामो समय सम्म राख्न नमिल्ने भएकाले हईब्रिड भन्दा पनि स्थानीय बिउ बिजन प्रयोग गर्न जोड दिनु पर्ने उहाले बताउँनु भएको थियो । यसैबिच उहाँले धान दिबशको उपलक्षमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा एक केजीको प्याकेजिङमा कालीखोला कोदो पिठो बजारीकरणका लागि सार्वजनिक , गाउँपालिका भित्रका १२ जना कृषकलाई प्रोत्साहन स्वरुप नगद २५ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा १५० जना कृषकहरुलाई निस्शुल्क कोदो, धानकोदो र लट्टेको वीउ वितरण ,स्थानीय एवम् रैथाने बाली तथा बिभिन्न विउ बिजनाहरुको प्रदर्शनी , बाँसबाट निर्मित हस्तसामाग्रीहरुको प्रदर्शनी रहेको कृषि शाखा प्रमुख चन्द्र कान्त चौधरीले जानकारी दिनु भयो । कार्यक्रम असारेको गितमा बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए साथै स्थानीय द्वारा असारे भाका तथा धान दिबस विशेष दोहोरी प्रस्तुत गरेको थियो । कार्यक्रमा गाउपलिका अध्यक्ष् दोर्जे लामा स्यन्ताना सहित गाउपलिकाका कर्मचारी , वडा सदस्य , बिद्यार्थी , शिक्षक शिक्षिका , स्थानीय बासिन्दा हरू लगाएतकाले ४ कठ्ठा खेतमा सामूहिक धान रोपाई गरि दहीच्युरा खाएर दिवस मनाईएको छ । कार्यक्रम दूई नम्बर वडा सदस्य एवम कार्यपालिका सदस्य पातलिमाया गोलेको सभा अधय्क्षत़ा एवम गाउपलिका अध्यक्ष् दोर्जे लामा स्यान्तानको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्मन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *