६७ दिने आधारभूत व्युउटीपार्लर तालिम सम्पन्न,

मकवानपुर,बागमती गाउँपालिकाको आयोजनामा सञ्चालन भएको ६७ दिने आधारभूत व्युटीपार्लर तालिम सम्पन्न भएको बुधबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरिएको हो

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले युवालार्ई आत्मनिर्भर उद्यमशीलतामा जोड्न तालिम आयोेजना गरिएकोबताउनुभयो तालिमले आत्मविश्वास बढ्ने रोजगारीका लागि सहज हुने उहाँले बताउनुभयो उहाँले तालिममा सिकेका सीपव्यवहारमा उतार्न आग्रह गर्नुभयो बागमती गाउँपालिकाले युवालाई आत्मनिर्भर बनाउने वैदेशिक पलायन नभई आफ्नै देशमा केही गरौँभन्ने भाव जगाउने विश्वास गरिएको उहाँले बताउनुभयो उहाँले गाउँपालिकाकोे आगामी नीति तथा योजनामा यसलाई व्यवस्थित ढंगलेसञ्चालन गर्ने बताउनुभयो

यस्तै पालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले तालिमबाट केही भएपनि आत्मनिर्भर बन्न मद्दत पुग्ने बताउनुभयो पालिकाले नयाँउद्यमी सिर्जना गर्न तालिम आयोजना गरेको उहाँले बताउनुभयो यस्तै नम्बर वडाध्यक्ष कमानसिंह पाख्रिनले तालिमलेजीविकोेपार्जनका लागि सहज हुने बताउनुभयो शिक्षालाई सीपमा जोडेर जीवनोपयोगी बनाएर आत्मनिर्भर बन्नुपर्ने उहाँको भनाई यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले तालिममा सिकेका सीपलाई प्रयोग गरेर लाभ लिन आग्रह गर्नुभयो

तालिममा सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थीको रुपमा दीपा राउत अनुशासित प्रशिक्षार्थीमा सरस्वती विक उमा मोक्तानलाई सम्मानगरिएको पालिकाको आयोजना हेटौँडा स्थित सुष्माज व्युटी पार्लरको व्यवस्थापनमा गत चैत २९ गतेदेखि असार गतेसम्मतालिम आयोजना भएको थियो तालिममा बागमती गाउँपालिकाका २० जना महिलाको सहभागिता रहेको थियो तालिममा सुस्माथापा मगर, कुमारी तितुङ अन्जु तुम्सिङले प्रशिक्षण दिनुभएको थियो कार्यक्रममा पालिकाका रोजगार संयोजक नागेन्द्र महतो, प्राविधिक दिनेश बानियाँ लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्: