

बागमती, मकवानपुर ।
बागमती गाँउपालिका ३ नं. वडा कार्यालय मकवानपुरकाे आयोजनामा पुरुषहरूको लागि दिईएकाे १० दिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । “सम्वृध्द बागमतीकाे आधार, कृषि र पुर्वाधार” भन्ने मुल नाराका साथ सीप विकास तालिम कार्यक्रम अन्तर्गत जेष्ठ ३० गते देखि गढनमा सञ्चालन भएकाे १० दिने कपाल काट्ने तालिम आज समापन गरिएकाे हो ।
वडाभरिका विभिन्न बिद्यालयलयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि विद्यालयका सहयोगीहरुलाई तालिम दिएकाे वडा अध्यक्ष कमान सिं पाख्रिनले बताउनुभयो । भौगोलिक विकट र आर्थिकरुपले विपन्न यश वडाका युवाहरु बैदेशिक राेजगारी र उच्च शिक्षा हासिल गर्न गाउँ छाड्न बाध्य भएकाले विद्यालय स्तरबाटै सरसफाई हुन कपाल काट्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै विदयालयका सहयाेगिहरुकाे लागि तालिम दिईएको पाख्रिनले वताउनुभयाे ।
अब बालबालिकाहरुले निःशुल्क कपाल काट्ने सेवा पाउने र सुविधा सम्पन्न विद्यालयमा अध्ययनरत विद्यार्थी झैं देखिने वडाध्यक्ष पाख्रिनको भनाई छ ।
पुरुषहरुलाई आत्मनिर्भर बनाउन र विद्यालय समय बाहेककाे समयमा व्यवसायिक सैलुन सञ्चालन गरि आर्थिक रुपमा सम्पन्न हुन तालिम दिएको पाख्रिनले बताउनुभएको छ । कपाल काटेरै राम्रो कमाइ हुने भएकाले तालिमको आयोजना गरेको र तालिमबाट सिकोको सिपलाईलाई ब्यवहारमा लैजान र आए मुलक कार्यमा लाग्न आग्रह समेत गर्नुभएको छ ।
वडाका ५ वटा विदयालयका सहयाेगिहरुलाई फरक – फरक दिन प्रत्येक विदयालयमै पुगि तालिम दिईएकाे प्रशिक्षक विरेन्द्र कुमार पाख्रिनले बताउनु भएकाे छ । तालिममा २ वटा आधारभुत (निमावि) र ३ वटा आधारभुत (प्रावि) गरि ५ जना सहयाेगी प्रशिक्षार्थिहरुकाे सहभागिता रहेकाे थियाे ।तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण- पत्र र सैलुन सामग्री समेत वितरण गरिएकाे थियाे ।
समापन कार्यक्रममा ३ नं. वडाअध्यक्ष कमान सिं पाख्रिन, वडा सदस्य एवम् कार्यपालिका सदस्य भगवती माझी, वडा सदस्य तुल बहादुर मुक्तान, पुर्व वडा अध्यक्ष बल बहादुर पाख्रिन, पुर्व वडा सदस्य वीर बहादुर थिङ, बागमती गाँउपालिका राेजगार संयाेजक नगेन्द्र महताे, बागमाती गापा राेजगार सहायक सुरेश पाख्रिन लगाएतकाे उपस्थिती रहेकाे थियाे ।
