कृषकहरुलाई भुरा माछा र बाख्रालाई घाँस दिने टाट्नो वितरण।

८ असार २०८० शुक्रबार बाग्मती गाउँपालिका

बाग्मतीमा माछा पालनको लागि माछाको भुरा र बाख्रालाई घाँस दिने टाट्नो वितरण गरिएको छ। बाग्मती गाउँपालिकाको ९ ओटै वडाहरुलाइ समेटेर कृषि जन्य सामाग्री वितरण गरिएको पशु शाखाले जानकारी दिएको छ।

आज दिउँसो बाग्मती गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सर्केश घलानले किसानलाई उत्साहित बनाउदै र आत्मा निर्भर बनाउने उदेश्यले भुरा माछा र बाख्रालाई घाँस दिने टाट्नो वितरण गरिएको बताउनु भएको छ। सरकारले कृषकहरुलाई दिएको प्रोत्साहनलाई सिरोपर गर्दै इमानदार भएर आफ्नो ब्यवसायलाई निरन्तरता दिन अध्यक्ष घलानले सुझाव दिनु भएको छ।

 

आज शुक्रबार २९ ओटा बाख्रालाई घाँस दिने टाट्नो, ४ लाख भुरा माछा अर्थात १७४ पोका भुरा माछा वितरण गरिएका छन।भुरा माछा रहु ,नैनी, ग्रासकार्प ,कमनकार्प ,बिगहेड लगायतको प्रजातीको माछा वितरण भएको पशु शाखा प्रमुख राजेन्द्र गोलेले जानकारी दिएको छ।

कार्यक्रममा बाग्मती गाउँपालिका प्रशासकीय अधिकृत झम्क नारायण घलान, वडा न. २ का अध्यक्ष जनक पहरी ,वडा न.१ का अध्यक्ष यहुन्न राई लगायत नौ वटै वडाको भुरा माछा र बाख्राको टाट्नो लिने कृषकहरुको  उपस्थिति रहेको थियो।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.