बागमती गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

६ असार २०८० ,बुधबार – बागमती गाउँपालिका, मकवानपुर ।

बागमती गाउँपालिकामा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा सभा सम्पन्न भएको छ। “समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने मुल नाराका साथ २०८० असार ६ गते बागमती गाउँपालिका कार्यलयको प्राङ्गणमा बृहत कार्यक्रमका साथ सभा सम्पन्न भएको हो। नेपालकाे संविधान- २०७२ मा आधारभूत तह सम्मको शिक्षा अनिवार्य तथा नि:शुल्क हुने भनेर प्रष्ट रुपमा ब्यवस्था गरेको भएता पनि विविध कारणले यस पालिकाबाट अनिवार्य तथा नि:शुल्क शिक्षाको घोषणा गर्न सकेका थिएनन् । आज बुधबार बागमती प्रदेशका सामाजिक  बिकास मन्त्री माननीय कुमारी मोक्तान ज्यु ले  दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

 

यस कार्यक्रम प्रमुख अथिती तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले मकवानपुर जिल्लाको सुदूरपुर्वमा पर्ने यस गाउँपालिकाले स्थानीय सरकार आए पछि भौतिक तथा खेलकुद बिकासमा उल्लेखनीय फड्काे मारे पनि शिक्षा क्षेत्र अझै बामे सर्दै गरेको देखिएको भन्दै आगामी दिनमा अनिवार्य तथा नि:शुल्क शिक्षाको घोषणा पश्चात् बागमती गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ मोड लिने सक्ने बिश्वास व्यक्त गर्नु भयो।

नि:शुल्क शिक्षा घोषणा कार्यक्रमको अतिथि तथा पालिका अध्यक्ष घलानले आफ्नो मन्तव्य राख्दै भन्नू भयो अबको शिक्षा सीप र रोजगारसंग जोडेर जनताको जीवन स्तर उकास्ने खाल्को बनाउनु पर्ने बताउनु भएको छ। अहिले आम युवाहरूमा देखिएको नैरास्यता तथा बितृष्णालाई निर्मुल पार्ने र बिदेश नै जानू पर्छ भन्ने मानशिकतालाई यो पिडिले ,यो नेतृत्वले हटाउन नसके देश गम्भीर मोडमा पुग्ने बिचार व्यक्त गरेका छन। देश बिकृती र बिसङ्गती र सत्यलाई नस्वीकार्ने प्रवृत्ति बढेको भन्दै यस्ता क्रियाकलापले समाज र देशको बिकास भन्दा नि काम गर्ने हुटिहुटि भएकाहरु निराश हुने खतरा बढेको घलानले बताए । आगामी दिनमा शिक्षा क्षेत्रको बिकासको लागि पालिका दत्तचित्त भएर लाग्ने र सबै शिक्षकहरुलाई ईमानदार र कर्मनिष्ठ भएर बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न लाग्न हुन आव्हान गरेको छ । यसै क्रममा शुभकामना मन्तव्य राख्नु हुँदै बागमती प्रदेश सभासद माननीय प्रेम बहदुर पुलामीले कुनै पनि बालबालिका शिक्षाको पहुंच भन्दा बाहिर नपरोस भनेर नै अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम घोषणा भएको बताएका छन। गरिबी र अशिक्षाले गर्दा नै यस क्षेत्र पछि परेको भन्दै शिक्षामा लगानी गर्न खुट्टा कमाउन नहुने बताउनु भयो। उहाँले बिद्यालय भन्दा बाहिर रहेको २५० बालबालिकालाई बिद्यालयसम्म ल्याउने बाताबरण तय गर्न सबै पक्ष जिम्मेवार हुनु पर्ने बताउदै अनि मात्रै यस घोषणाले सार्थकता पाउने बताउनु भएको छ। “यो कार्यक्रम घोषणा मात्रै नभइ कार्यन्वयन पनि होस” उहाले भन्नू भयो,यस कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाको सबै वडाको अध्यक्षहरु, शिक्षासंग सम्वन्धित विभिन्न संघ संस्थाहरु पनि जिम्मेवारी पुर्वक लाग्न अनुरोध गर्नु भएको छ। बागमती प्रदेश सरकारले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्ने ११९ स्थानीय तहको ११ ओटा स्थानीय तह मध्ये बागमती गाउँपालिका पहिलो भएको बताउनु भयो ।

सामुदायिक बिद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने भ्रमलाई चिर्न सामुदायिक बिद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने बताउनु भयो । बिद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाइ शिक्षाको मुलधार ल्याउन तिनै तहको सरकारको महत्वपूर्ण भुमिका रहने शिक्षा बिकास समन्वय ईकाई मकवानपुरका प्रमुख दिलनाथ गौतमले बताए । गाउँ पालिका भरी रहेका आर्थिक ,सामाजिक ,धार्मिक तथा जातीय हिसाबले पछाडि परेका समुदायलाई सरकारले बजेट्मै समेटेर जानू पर्ने नेपाली काङ्ग्रेस नेता शंकर कुमार पराजुलीले सुझाव दिएका छन ।

समाजिक बिकास मन्त्रालय शिक्षा बिकास निर्देशनालयका निमित्त प्रमुख पुर्णबहादुर दर्जीले २०८५ साल भित्रमा नि:शुल्क शिक्षा कार्यन्वयन भैसक्नु पर्ने बताउनु भयो ।
कार्यन्वयन गर्न समस्या छन, पुर्न तयारीका साथ हिड्छौ उहाँले भन्नू भयो। यस पालिकामा २५० जना बिदयालय बहिर भए जस्तै देशै भरको सर्बेक्षणले गरिबी, जातिय, सामाजिक बिभेदका कारण १ लाख १९ हजार ७ सय २२ । बिदयालय बाहिर रहेको र यिनिहरुलाइ पनि २०८५ भित्र नै समेटेर जानू पर्ने बताए। मकवानपुर जिल्लाको २ ओटा पालिकामा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा भैसकेको तर यो बर्षको बागमती गाउँपालिका पहिलो भएको बताउनु भएको छ । यस भन्दा पहिला दोलखा जिल्लामा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा भएको थियो । शिक्षाको उद्घेश्यलाई पूरा गर्न सक्छौ । अभाबै अभाबको बिचमा योजाना बनाउदा सबै कार्यान्वयन गर्न सकिन्छ, सकिदैन तर भर्ना गरेपछि अभिभाबकहरु बिदयालय छिरौ र अनि मात्रै अभाबहरु समस्याहरु थाहा पाउन सक्छौ ।
शिक्षाको बिकासको निम्ति अनिवार्य तथा नि:शुल्क शिक्षा त्यसमा चुनौतीहरु छन । पालिकामा पनि ६.४ प्रतिशत । खोजी नीति गरेर समस्याहरु बुझौ । अभिभावक सामाज देखि सबै क्षेत्र हेरेर सर्बेक्षणमा जाउ अनि मात्रै कर्यान्वयन सम्भब छ। चासो पुर्ण ढंगले निरीक्षण गर्ने हो, अनि मात्रै त्यो ठाउँमा कार्यक्रमलाई अर्थपूर्ण बनाउन सकिन्छ । उहाँले भन्नू भयो । गणना गरेर मात्रा हैन, यस कार्यक्रमलाई सार्थक तुल्याउन सबै लागौ । यसै क्रममा शिक्षा शाखा  निमित्त प्रमुख प्रमोद कुमार राइले बागमती गाउँपालिका भित्र रहेको शैक्षिक अवस्थाको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए । यसै क्रममा बिद्यार्थीहरुले अनिवार्य तथा नि:शुल्क शिक्षा सम्वन्धी जनचेतना मुलक सडक नाट्क समेत देखाएका थिए। कार्यक्रमको  समापन गर्दै अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रमका सभाध्यक्ष तथा  शिक्षा तथा युवा खेलकुद संयोजक कमान सिं पाख्रीनले  शिक्षा क्षेत्रलाई मजबुत बनाउन सके अन्य क्षेत्रको बिकास गर्न सजिलो हुने बताएका छ्न।  मानसिक बिकासले चेतना अभिबृद्दी हुने र समाजको सामाजिक रुपान्तरणमा यसले सहयोग पुग्ने बताउनु भयो।

निकै भब्य र सभ्य ढंगले संचालन भएको यस अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम बागमती गाउँपालिकाको ५० ओटा विद्यालयको विद्यार्थी तथा शिक्षकहरु सभागिता रहेको थियो । कार्यक्रमको संचालन मनोज बलले गरेका थिए भने  देवकी मा.बि. र सुर्य मा. बि.का बिद्यार्थिहरुले विभिन्न साङीतिक नृत्य प्रस्तुत गरेर कार्यक्रम अझ भब्य बनाएका थिए। ­

बागमती गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद शाखा संयोजक एवं ३ नम्बर वडा अध्यक्ष कमान सिं पाख्रिनको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुर प्रमुख दिनानाथ गौतम, उपाध्यक्ष फणिन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, नेपाली कांग्रेसका शंकर पराजुली, बिद्यालय ब्यबस्थापन समिति महासघ बागमती गाउँपालिका अध्यक्ष बच्चु गोले खड्का, शिक्षक महासघ बागमती अध्यक्ष बसन्त राई, शैक्षिक जागरण मंचका अध्यक्ष बीरबहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *