प्राबिधिक स्टमेट र मापदण्ड बिपरित काम गर्ने निर्माण ब्यवासायी प्रती आक्रमक बन्दै अध्यक्ष घलान।

बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान सडक बिभागको कर्मचारी लिएर दिउँसो १२ बजे मध्ये घाममा आफैं राइगाउ क्यान्टिन सडक अनुगमनमा पुगेका छन। सडक निर्माण कार्यमा भैरहेको ढिला सुस्ती र सडकको मापदण्ड अनुरुप प्रयोग गर्नु पर्ने बालुवा गिट्टी प्रयोग नगरेको भन्ने सूचना पाए पछि अध्यक्ष घलान आफैं प्राविधिक र सडकको कर्मचारी सहित सडक निर्माण स्थल राइगाउ पुगेका थिए।

 

अनुगमन क्रममा पालिकाबाट टेन्डर भइ निर्माण हुँदै गरेको स्ल्याप मोटर बाटोको पनि अनुगमन गर्नु भयो। जनताले गुनासो गरे पछि उक्त निर्माण स्थलमा जाने निर्णय भएको पालिका अध्यक्ष सर्केशले बताउनु भयो। निर्माण स्थल पुगेर निर्माण कार्यमा भैरहेको ढिला सुस्ती गुणस्तरमा भएको कमिकम्जोरी बारे फिल्डमा रहेका प्राविधिकलाई जानकारी लिएका थिए। निर्माण कार्यमा कुनै किसिमको तलमाथि गरेको थाहा पाएमा कानुन अनुसार अघि बढ्नु पर्ने दिन आउन सक्छ ,सतर्क रहनु होला घलानले भने। इमानदार पुर्बक समयमै काम सकाउन निर्माण ब्यवसायीलाई अध्यक्ष घलानले सुझाब दिनु भएको छ।

निर्माण स्थलमा भएको सबै कामहरुको स्थलगत निरक्षण पछि पुलामी सन्स एन्ड कन्स्ट्रक्सन र भैरब कन्ट्रक्सनको निर्माण ब्यवसायीलाई कार्यलयमै बोलाएर  निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र जनताको गुनासो बारे  जानकारी समेत लिनु भएको थ्यो।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.