बाग्मती गाउँपालिका वडा न.३ ले १० दिने हेयर कटिङ तालीम दिइ रहेको छ। ३० गते मंगलबार बाग्मती गाउँपालिकाको अध्यक्ष र वडा न.३ अध्यक्ष दुबै जनाले संयुक्त रूपमा आवश्यक सामाग्री वितरण गर्नु भएको थियो। कपाल काट्न मात्रै पनि विद्यार्थीहरु घन्टौं हिडेर अन्त जानू पर्ने बाध्यता रहेकोले ,समय र विद्यार्थीको स्वास्थलाई मध्ये नजर गर्दै यो तालीम दिन लागेको अध्यक्ष कमान सिं पाख्रीनले जानकारी दिनु भयो।
वडा न.३ भित्र रहेका सबै विद्यालयलाई समेटेर ,त्यहाँ कार्यरत कार्यलय सहयोगीहरुलाइ तालीम दिने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ। सामाग्री हस्तान्तरण तथा उदघाटन कार्यक्रममा पुर्व वडा बल ब. पाख्रीन, रोजल पाख्रीन, सुरेश पाख्रीन, लगायत वडा न.३ भित्र सन्चालनमा रहेको सबै विद्यालयको कार्यलय सहयोगीहरुको उपस्थिति रहेको बताएको छ। तालिम ३० गते देखि ७ सम्म १० दिन चल्ने बताएका छ्न।