

सुरेश पाख्रिन
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट कलाकारहरुकाे संगठन जन साँस्कृतिक महासंघ नेपाल मकवानपुरको अध्यक्षमा हेमन्त रुम्बा सर्वसम्मत चयन भएकाे छ । शनिबार जिल्ला समन्वय समितिकाे सभा हल हेटाैंडामा भएकाे सम्मेलनले हेमन्त रुम्बा”निश्चल”काे अध्यक्षतामा २० सदस्यीय जिल्ला कार्य समिति चयन गरिएकाे हाे ।
सम्मेलनले जन साँस्कृतिक महासंघ मकवानपुर जिल्ला कार्य समितीकाे अध्यक्षमा हेमन्त रुम्बा “निश्चल”, उपाध्यक्षमा अमृता तामाङ, सचिवमा रविन्द्र थिङ, काेषाध्यक्ष वसन्ती बल, सह-सचिव साेम जिम्वा, सदस्यहरुमा सुस्मिता जिम्वा, निश्चल डिमडुङ, मनिष लामा, उषा घिमिरे, शुक्रमान गाेले, सुर्य लामा, अजय वाईवा, रमा वराईली, करण कुमार विष्ट, शेर बहादुर गाेले, पवन बल, राजेश दर्नाल, सन्तलाल थाेकर र अभिषेक थापा लगाएतका समिति गठन गरिएका छन ।
बागमती प्रदेश सभा सदस्य एवम् ने.क.पा. माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी “छिन्तु” काे प्रमुख आतिथ्यता र जन साँस्कृतिक महासंघ नेपालका केन्द्रिय काेषाध्यक्ष विमला के.सि. काे विशेष आतिथ्यतामा सम्मेलन भएकाे हाे ।
सम्मेलनलाई सम्वाेधन गर्दै बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलमी”छिन्तु”ले शाेषित पिडित जनतालाई जगजगाउन र युध्दकालमा सहयात्री गुमाउदाकाे पिडामा मलम छर्ने काम देखि पार्टीकाे हरेक गतिविधिमा कलाकारकाे महत्वपुर्ण भुमिका रहेकाेले जन सांस्कृतिक महासंघ गठनकाे आवश्यक रहेकाे वताउनुभयाे । सम्मेलनलाई प्रमुख अतिथिले दियाे बाली उद्घाटन गरे सँगै कलाकारहरु हेमन्त रूम्बा, सुरेश पाख्रिन, आसमान थिङ लागाएले “हामी माआेवादी बिग्रिएका छैनाै” वाेलकाे गित प्रस्तुत गरेका थिए । सेलाे गायक तथा संगितकार विश्व दाेङ, जन गायक तथा संगितकार प्रतीक ब्लाेन, गायक तथा संगितकार श्याम सुन्दर परियार लगाएतकाे गायन संगै सृजना कला केन्द्रकाे नृत्य प्रस्तुती रहेकाे थियाे ।
जन साँस्कृतिक महासंघ नेपाल बागमती प्रदेश सदस्य मनाेज वलकाे सभापतित्व र रविन्द्र थिङले सञ्चालन गरिएकाे सम्मेलनमा जनप्रतिनिधि एवम् कलाकार श्याम सुन्दर परियार”सरगम”ले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।
सम्मेलनमा जन साँस्कृतिक महासंघ नेपालका काेषाध्यक्ष विमला के.सि., नेकपा माआेवादी केन्द्र मकवानपुर जिल्ला अध्यक्ष एवम् बागमती गाँउपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेशका अध्यक्ष, सेलाे गायक एवम् संगितकार विश्व दाेङ, लगाएकाे शुभकामना मन्तव्य रहेकाे थियाे ।
सम्मेलनमा नेकपा माआेवादी केन्द्र बागमती प्रदेश समन्वय समिती सदस्य एवम् मकवानपुर जिल्ला पार्टी सचिव भिम पाख्रिन, नेकपा माके बा. प्रदेश समन्वय समिती सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका संयाेजक ललित घलान, नेकपा माके बा. प्र. ससस एवम् हेटाैंडा उपमहानगरपालिका ईञ्चार्ज विवेक राई, नेकपा माके बा.प्र.सदस्य ज्ञान सागर लामा, नेकपा माके जिसस एवम् मकवानपुर पार्टी कार्यलय सचिव हस्त बहादुर थिङ, नेकपा माके मकवानपुर जिल्ला सदस्य मिना अर्याल, माके हेउमनपा अध्यक्ष तिर्थ थापा, जिल्ला मजदुर अध्यक्ष रामशरण घिमिरे, जनसाँस्कृतिक महासंघ बागमती प्रदेश काेषाध्यक्ष एवम् जन गायक प्रतीक ब्लाेन, जिसस सुवर्ण गाेपाली, अनेले सँघ केन्द्रिय सदस्य भाेगेन्द्र लुईटेल, जनकलाकार बागमती प्रदेश उपाध्यक्ष सुरेश पाख्रिन, दलित नगर ईञ्चार्ज एवम् जनकलाकार बागमती प्रदेश सदस्य सुनिल वयलकाेटी, जनकलाकार मकवानपुर जिल्ला अध्यक्ष राजेश मगराती लगाएतकाे उपस्थिती रहेकाे थियाे ।
