वडा अध्यक्ष आफैं जुटे बजार सरसफाइ अभियानमा

फापरबारी बजारमा सरसफाइ अभियान सन्चालन भएका छन। बाग्मती गाउँपालिका वडा न. ६ अन्तर्गत पर्ने फापरबारी बजार पुर्वी मकवानपुरको पुरानो ब्यापारीक केन्द्रको रुपमा परिचीत छ।यस संगै फापरवारि बजार बिगतमा भन्दा निकै सुन्दर देखिन थालेका छन ।

सरसफाइ अभियानमा वडा अध्यक्ष टेक बहादुर टिम्डुङ ,इलाका प्रहरी ,समाज सेवि तथा बाग्मती गाउँपालिकाको उदयमान कलाकार नेमा मोक्तान लगायत सम्पुर्ण सुन्दरटोल बासी र बजार टोलका सबै समाजसेवी ,स्वास्थकर्मी सहभागी भएको वडा अध्यक्ष टेक बहादुर डिम्डुङ्ले जानकारी दिनु भयो।


बस्तीको बिचैमा हाट बजार हुदा अव्यवस्थित भएको भन्दै हाट बजारलाई ब्यवस्थित बनाउन केही समय पछी स्थानतरण गर्न लागिएको र अब प्रत्येक हप्ता सुन्दर टोल र बजार भित्रका सबै ठाँउमा सरसफाइ अभियान चलाइने अध्यक्ष डिम्डुङले बताउनु भयो।बजार भित्र भएको फोहोरका कारण विभिन्न रोगहरु टोल बस्तीमा नफैलियोस भन्ने उदेश्यले यो सरसफाइ अभियान चलाएको नेमा मोक्तानले बताएका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *