बाग्मती गाउँपालिकामा इसाई धर्मावलम्बीहरुको चर्च भवन उदघाटन भएको छ। बाग्मती १ हात्तीढुङ्गामा बिगत लामो समय देखि कम्जोर र कच्ची भवनमा प्राथर्ना गर्दै आएको बाग्मती १ का क्रिस्चियन समुदायलाई नयाँ २ तल्ले पक्की भवन बने पछि निकै सहज हुने पास्टर दुख राइले जानकारी दिनु भयो।
नवनिर्मित शक्ति महिमा चर्चको बाग्मती गाउँपालिका अध्यक्ष तथा उदघाटन कार्यक्रमका प्रमुख अथिती सर्केश घलान र बरिस्ठ पास्टर तारा गुरुङले संयुक्त रुपमा रिबन काटेर उदघाटन गर्नु भएको थियो। यसै क्रममा आफ्नो सुभकामना मन्तव्य राख्दै अध्यक्ष घलानले १० बर्से जनयुद्ध र १९ दिने जनआन्दोलनबाट स्थापित गणतान्त्रिक ब्यवस्थाले ल्याएको धर्मनिरपेक्षता ,समावेशी ,समनुपातिक लगायतका तमाम अधिकारहरु फेरि खोस्ने विभिन्न बहाना बाजि गर्दै नयाँ नक्कली जोगीहरु घुमी रहेको भन्दै गणतन्त्र पक्षधर ,धर्मनिरपेक्ष पक्षधर एक हुनु पर्ने बताएका छन्।
यसै क्रममा सबै धर्म ,भासा र सामाजिक सास्कृतिक परम्पराको संरक्षनार्थ स्थानीय सरकारले निरन्तर सहयोग गरि रहने अध्यक्ष घलानले स्पष्ट पार्नु भयो।कार्यक्रममा अथितीहरु पास्टर रुद्र बिक ,वडा अध्यक्ष युहन्न राई , NCFN प्रदेश कमिटी उपाध्यक्ष बच्चिमाया नेगि ,NCFN प्रदेश कमिटी सदस्य ज्ञान बहादुर राई ,पास्टर गजेन्द्र राई, वडा सदस्य हस्त बहादुर थिङ , इसाई समाज बाग्मती कमिटी अध्यक्ष सर्मिला राई,सचिब आनन्द राई, पा.भरत कुमार राई,राउन पहरी,डम्बर बहादुर राई ,वडा न. ३ सदस्य भगवती माझी लगायत गाउँपालिका वडा न. १ र २ का क्रिस्चियन धर्मावलम्बीहरुको उल्लेखनीय उपस्थिति रहेकोे थियो।