पहिलाे चरणकाे मन्टेश्वरी तालिम सम्पन्न

पूर्वि मकवानपुरको बागमती गाउँपालिकाले इसिडी शिक्षकका लागि प्रादन गरिएकाे पहिलाे चरणकाे मन्टेश्वरी तालिम आज शनिबार समापन भएकाे छ ।

वडा नं. ४ स्थित महाबुद्ध आधारभूत विद्यालयको तालिम हलमा यही जेठ १८ देखि २० गतेसम्म ३ दिन तालिम संचालन भएकाे हाे ।
समापन कार्यक्रममा सामाजिक विकास संयाेजक कमान सिं पाख्रिनले भन्नु भयाे – शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र पालिका बीच भएको सम्झौता अनुरुप हाल संचालनमा रहेको अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यक्रम कार्यन्वयनका सन्दर्भमा  सामुदायिक विद्यालयमा कार्यरत इसिडी शिक्षकहरुको लागि तालिम आयोजना गरेका छाै, यसकाे प्रभाकारिताका आधारमा आगामी दिनहरूमा पनि यस्ता खालका कार्यक्रमहरू संचालनमा ल्याउने छाै ।
प्रथम चरणमा पालिका अन्तर्गतका वडा नं. १ देखि ५ सम्ममा सामुदायिक विद्यालयका शिक्षकहरुकाे सहभागीता  थियाे ।

भाेलि अथवा यही जेठ २१ देखि २३ गतेसम्म र दोस्रो चरणमा वडा नं. ६ देखि ९ सम्मका शिक्षकहरुका लागि ३ दिन गरी तालिम संचालन हुने संयाेजक पाख्रिनले बताउनु भयो ।
तालिममा सहभागी शिक्षकहरूलाई झाेला वितरण गरिएकाे छ ।
तालिममा प्रशिक्षक तथा सहजकर्ता भीमा राई, मुना राई, विजया सुब्बा, माइकल राई , वीरबहादुर राई लगायतकाले विभिन्न प्रयोगात्मक, व्यवहारिक ज्ञान तथा सीप सम्बन्धी प्रशिक्षण तथा सहजीकरण गरेका थिए l तालिममा इसिडी शिक्षक २९ जना र प्रशिक्षक र सहजकर्ता ९ जना गरी ३८ जनाको उपस्थिति रहेको थियो ।

अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यक्रम अन्तर्गत हालसम्म अभिमुखिकरण, घरघुरी सर्वेक्षण, विद्यालय बाहिररहेका बालबालिकाहरूको तथ्याङ्क संकलन, प्रविष्टि, पेसागत संघसंगठनका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षामा कार्यरत गैरसरकारी संस्था तथा सरोकारवाला र जनप्रतिनिधिहरू संगको बैठक तथा योजना निर्माण सम्बन्धी दुई चरणमा सुझाव संकलन, गाउँपालिकाको शिक्षा नीतिको मस्यौदा तयारी, कक्षा १-३ मा शिक्षण गर्ने शिक्षकहरुका लागि मेन्टरिङ/काउन्सेलिङ तालिम  लगायतका कार्य गरिसकेको छ भने अभिभावक चेतना कार्यक्रम अन्तर्गत यही जेठ १६ गतेदेखि भिभिन्न वडाहरुमा सडक नाटक प्रदर्शन गर्ने गरेको स्राेतले बागमती सन्देशलाई जानकारी गराएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *