बाग्मती ५ ज्यामिरेमा पिकनिक स्पट निर्माण हुँदै।

२० जेठ २०८० ,शनिबार

बाग्मती ५ ज्यामिरेमा पिकनिक स्पोर्ट निर्माण भएको छ। बाग्मती गाउँपालिकाको पर्यटन विकासलाइ प्रवर्द्धन गर्ने उदेश्यले निर्मित यस पिकनिक स्पोर्ट रु १० लाख लागतमा निर्माण भएको निर्माण समितिका अध्यक्ष उमेश पुलामी मगरले जानकारी दिनु भयो।

पिकनिक स्पोर्ट निर्माणाधीन अवस्थामा रहेको र यसलाई थप ब्यवस्थित बनाउन बजेटको आवश्यकता रहेको अध्यक्ष पुलामिले बाग्मती सन्देश ड्टकमलाई बताउनु भयो। उहाँले थप आवश्यक ब्यवस्थापनको लागि सहयोग गरिदिन हुन विभिन्न संघ सस्था र स्थानीय सरकारलाई अनुरोध गरेका छन।

आ.व. २०७९/८० को प्रदेश बजेटबाट माननीय प्रेम बहादुर पुलामीको पहलमा पिकनिक स्पोर्ट्को लागि बजेट बिनियोजन भएको थियो।पिकनिक स्पोर्टमा १० लाखले एक ट्रस्ट भबन, पानको पात आकारको प्रतिमा, ब्यवस्थित शौचालय र विद्युतको ब्यवस्थापन भएको देखिएको छ। हराभरा बाताबरणमा रहेको यस ठाउँबाट सिन्धुली र बाग्मती नदीको वरपर रहेको मनोरम दृश्यको अवलोकनका साथै स्वच्छ बाताबरणमा रमाउन सक्नु हुनेछ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.