शनिबार २०८० ,जेठ २०
बाग्मती गाउपालिकामा किसानलाई हाइब्रीड र उन्नत जातको धानको बीउ वितरण गरिएको छ। बाग्मती गाउँपालिकाबाट वितरण भएको धानको बीउ पालिका भरीको ८७ वटा कृषि समूह, २ ओटा सहकारी र १२ ओटा ब्यक्तिगत समुह मार्फत बाग्मती गाउँपालिकाको २४ सय जना कृषकले उन्नत जात तथा हाइब्रीड धानको बिउ पाउने भएका छन।
बाग्मती गाउँपालिकाको ५०% अनुदानमा किसानलाई बीउ वितरण गरिएको बाग्मती गाउपालिका कृषि शाखा प्रमुख बिरेन्द्र समालले जानकारी दिनु भयो। उन्नत जताको धान प्रती केजि ६०रुपैयाँ बजार मुल्य हो भने किसानलाइ ३० रुपैया प्रती केजि पर्न जान्छ र हाइब्रीड ४९० रुपैया प्रती केजि बजार मूल्य हो भने किसानलाई २४५ रुपैयाँ प्रति केजि पर्ने स्रोतले जानकारी दिएका छन।
पालिका भरिबाट दर्ता भएको कृषि फर्म ,सहकारी तथा ब्यक्तिगत फर्म वाला कृषकहरुको उपस्थितिमा वडा अध्यक्ष दन्त लाल माझी (किरण)ले बीउ वितरण गर्नु भएको हो। पालिका भरी ७५ सय केजि उन्नत र २५ सय केजि हाइब्रीड धानको बीउ वितरण गर्ने लक्ष्य रहेको कृषि प्रमुख समालले जानकारी दिएका छन।