वकैया-५ मा गाईकाटेको आरोपमा ५ जना पक्राउ, पक्राउ प्रति नेपाल तामाङ घेदुङको आपती,

वकैया: गाई काटेको आरोपमा मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पाँच जनालाई पक्राउ गरेको शुक्रबार साँझ  वकैयातीनतलेबाट गाई काटेर भाग लगाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ताटेक बहादुर कार्कीले जानकारी दिनुभयो

पक्राउ पर्नेमा तीन जना महिला दुई जना पुरुष रहेका छन् सोही ठाउँका ३० वर्षीय जयराम स्याङ्तान, ४८ वर्षीय दिनेश थिङ, ५५वर्षीया माइली थिङ, ६३ वर्षीया साइली माया गोले ४८ वर्षीया सपना स्याङ्तान रहेका छन् शुक्रबार साँझ गाई काटेको भनी विशेषसूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर करिब ४० केजी गाईको मासुसहित उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताउनुभयो शुक्रबार नै उनीहरुविरुद्ध गाई काटेको अभियोगमा मुद्दा दर्ता भएको उहाँले बताउनुभयो पक्राउ परेकामाथि म्याद थपेर थप अनुसन्धानभइरहेको उहाँले बताउनुभयो बरामद गरिएको गाईको मासु परीक्षणका लागि पठाइएको , भने अभियोग पुष्टि भएमा करिब वर्षकोजेल सजाय हुन सक्ने व्यवस्था रहेको !

यता तामाङ घेदुङले भने मरेको गाईलाई खाल्डो खनी व्यवस्थापन गरिरहेका स्थानीयलाई नियोजित रुपले प्रहरीले पक्राउ गरेको भन्दैध्यानाकर्षण भएको जनाएको बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमारघलानले ध्यानाकर्षण भएको जनाएको हो आदीबासी जनजाति समुहलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै फसाउने नियत निन्दनीयभएको विज्ञप्तीमा उल्लेख पक्राउ परेका सबै जनालाई तत्काल बिना सर्त रिहा गर्न भनिएको भने अन्यथा संघ देशव्यापी रुपमाकडा आन्दोलनमा उत्रने चेतावनी दिएको !

प्रतिक्रिया दिनुहोस्: