

मकवानपुरको बागमती गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मेन्टरिङ/काउन्सेलिङ सम्बन्धी तालिम संचालन गरेकाे छ । गाउँपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयाेजनामा आज आयाेजित साे कार्यक्रम श्री महाबुद्ध आधारभूत विद्यालयकाे तालिम हलमा भएकाे हाे ।
सामुदायिक विद्यालयमा कक्षा १-३ सम्म शिक्षण गर्ने शिक्षकहरूकाे लागि तालिम संचालन गरिएकाे थियाे । तालिममा पालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा प्रशिक्षक, सहजकर्ताहरू गरी ४८ जनाकाे सहभागिता रहेकाे शैक्षिक जागरण मञ्चका अध्यक्ष वीरबहादुर राईले जानकारी दिनु भयाे ।
गाउँपालिकामा संचालित अनिवार्य तथा नि:शुल्क कार्यक्रम कार्यान्वयनकाे सन्दर्भमा आज संचालित तालिममा सहभागीहरूलाई प्रशिक्षण एवम् सहजिकरणकाे कार्य प्रशिक्षक टीका भट्टराई, विजया सुब्बा, माइकल राई, वीरबहादुर राई लगायतले गर्नुभएकाे थियाे ।
अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यक्रम अन्तर्गत हालसम्म अभिमुखिकरण, घरघुरी सर्वेक्षण, विद्यालय बाहिररहेका बालबालिकाहरूकाे तथ्याङ्क संकलन, प्रविष्टि, पेसागत संघसंगठनका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षामा कार्यरत गैरसरकारी संस्था तथा सराेकारवा र जनप्रतिनिधिहरू संगकाे बैठक तथा याेजना निर्माण सम्बन्धी दुई चरणमा सुझाव संकलन, गाउँपालिकाकाे शिक्षा नीतिकाे मस्याैदा तयारी लगायतका कार्य गरिसकेकाे छ ।
अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यक्रम संग सम्बन्धित कार्यक्रमहरू संचालनका लागि गाउँपालिका संग शिक्षा नीति तथा अभ्यास केन्द्र काठमाडौं र शैक्षिक जागरण मञ्च मकवानपुरे सहकार्य गरिरहेकाे छ ।
