बागमती, मकवानपुर ।
मकवानपुरको बागमती गाउँ पालिकाकाे सभा हलमा भएकाे मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभुत तालिम मंगलबार सम्पन्न भएको छ । हाम्राे समस्या, हाम्राे सामाधान “मेलमिलाप ” भन्ने मुल नाराका साथ बागमती गाउँपालिकाले गाउँघरकाे बिवाद समाधानको लागि मेलमिलापकर्ताहरूलाई तालिम दिएको हाे । यहि जेष्ठ ९ गतेबाट सुरु भएकाे ४८ घण्टे तालिममा पालिका भरिका ३० जना सहभागी थिए । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि घलानले प्रमाण-पत्र प्रदान गर्नु भएकाे थियाे ।
तालिम समापन समाहराेमा बाेल्दै गाउँपालिका अध्यक्ष सर्केस घलान “मधु”ले याे तालिमपछि गाउँघरमै न्याय निरूपण गर्न सहज हुने विश्वास ब्यक्त गरे । तालिमकाे सहजिकरण कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड काठमाडौले गरेको थियोे ।
तालिम समापनमा सहभागीहरूकाे तर्फबाट हेमचन्द्र थापा र पार्वती माझीले सिकाई उपलब्धि बारे प्रस्तुत गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाकाे सभाध्यक्षतामा भएकाे समापन कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिन पृथक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगरकाे आतिथ्यता रहेको थियाे ।
याे तालिमपछि गाउँपालिकाले मेलमिलापकर्ताहरू सुचिकृत गर्ने र वडाहरूमा मेलमिलाप केन्द्रहरू स्थापना गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घलानले बताउनु भएकाे थियाे।