बागमती-१ र ८ मा ११ कोठाको भवन शिलान्यास ,

मकवानपुर,

मकवानपुरको बागमती गाउपालिका फापरबारी शान्तिपुर स्थित सव  डिभजन  वन कार्यालय भवन शिलान्यास गरिएको छ ।  बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जिल्ला वन डिभजन कार्यालय मकवानपुरबाट विनियोजित बजेटबाट साढे दुई तल्लाको  ११ कोठे भवन निर्माण गर्न लागिएको हो । उक्त भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष शर्केस घलान , विशेषअतिथि जिल्ला वन डिभजन मकवानपुरका अधिकृत शिव सापकोटा, अतिथिहरु, बागमती गाउपालिका उपाध्यक्ष फणिन्द्र कुमारतिमल्सिना, वडा अध्यक्ष इन्द्रमणी तिमल्सिना, कमान सिङ पाख्रिन, दन्तलाल माझी, टेक बहादुर डिम्डुङ, उत्तर बहादुर भोलन, जिल्ला वनसाहयक अधिकृत बसन्त गौतम  बिशाल तामाङ लगायतका अतिथिहरुले सयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए ।          वन कार्यालय भवन बागमती गाउँपालिकाका , जना वन उपभोक्ताहरूकाे  सहजताका लागि भवन निर्माण गर्न लागिएको हो ।  भवनको ठेक्का सुसनकन्स्ट्रक्सनले पाएको भने जम्मा करोड ८६ लाख लागतमा ११ कोठे साढे दुई तल्लाको भवन बन्ने अधिकृत सापकाेटाले जानकारी  गराए । ठेक्का टेन्डर मार्फतवहुवर्षको लागि दिएकोले  २०८१ असारसम्ममा उक्त भवन निर्माण सकिसक्नुपर्ने डिभजन वन अधिकृत सापकोटाले बताउनु वताए ।  अन्तमा बागमती का वडा अध्यक्ष इन्द्रमणी तिमल्सिनाले उपस्थिति सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो।

यसैगरी बागमती गुर्दुममा पनि बागमती देखि सम्म को वन उपभोक्ता समितीलाई सहजताको लागी ११  कोठे साडे दुई तल्ला कोभवन शिलान्यास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *