मकवानपुरको बागमती गाउँपालिकाले शिक्षा नीति निर्माण र अनिवार्य तथा नि:शुल्क शिक्षा घाेषणा कार्यक्रमका लागि सुझाव संकलन गरेकाे छ ।गाउँपालिकाले यही जेठ ९ र १० गते शिक्षा संग सम्बन्धित सराेकारवालाहरू बीच दुई चरणमा सुझाव संकलन गरेकाे छ ।
पहिलाे चरण अथवा पहिलाे दिन हिजाे अथवा मंगलबार गाउँपालिका अन्तर्गतका राजनीतिक दलका प्रतिनिधि, विव्यस संजाल/महासंघका प्रतिनिधि, पेशागत महासंघ,संघसंगठन, माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक र शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूसंग सुझाव संकलन गरिएकाे थियाे ।
दाेस्राे चरण आज अथवा बुधबार गाउँपालिकाका कार्यपालिका सदस्य र गैरसरकारी संस्थाहरू बीच अन्तरक्रिया , छलफल संगै सुझाव संकलन गरेकाे थियाे ।
संकलन गरिएकाे सुझावका आधारमा आगामी असारकाे पहिलाे हप्तामा पालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा घाेषाणा गर्ने कार्याेजना निर्माण गरिनुका साथै पालिकाकाे पञ्चवर्षीय शिक्षा नीतिकाे मस्याैदा तयार गरिने गाउँपालिकाका सामाजिक विकास संयाेजक कमान सिं पाख्रिनले जानकारी दिनु भयाे ।