मेलमिलाप कर्ताहरुको लागि आधारभुत तालिमकाे उद्धघाटन

मगँलवार, ९ जेष्ठ ।

बागमती, मकवानपुर ।

 

हाम्राे समस्या, हाम्राे सामाधान ”मेलमिलाप” भन्ने मुल नाराका साथ बागमती गाँउपालिकाले मेलमिलाप सम्वन्धी ८ दिवसीय आधारभूत तालिमकाे उद्घाटन गरिएकाे छ । गाँउपालिकाकाे सभा हलमा आज मँगलबार  गाउँपालिका न्यायिक समितिकाे आयाेजना तथा कानुन अन्वेषण तथा श्राेत विकास केन्द्र (सेलर्ड) काठमाण्डाैकाे सहजिकरणमा ८ दिवसीय (४८ घण्टे) आधारभूत तालिमकाे उद्घघाटन गरिएकाे हाे । यहि जेष्ठ ९ गते देखि १६ गते सम्म सञ्चालन हुने तालिम गाँउपालिका अध्यक्ष सर्केश घलानकाे प्रमुख आतिथ्यता, माननीय मकवानपुर जिल्ला न्यायधीस ऋषी राम निराैलाकाे विशेष आतिथ्यता र पालिका उपाध्यक्षकाे सभाध्यक्षतामा उद्घघाटन गरिएकाे हाे ।
  उद्धघाटन समाराेहलाई सम्बाेधन गर्ने क्रममा पालिका अध्यक्ष सर्केश घलानले समुदायमा मेलमिलापकाे क्षमता अभिवृत्ती गर्न र बिबाद रहित समाज निर्माणका निम्ति यस तालिम सञ्चालन गरिएकाे बताउनु भयाे । न्याय पालिकामा प्राप्त हुने उजुरीहरुलाई मेलमिलापको माध्यामद्वारा समस्या समाधान गर्न यस तालिमले सहयाेग पुग्ने बताउनु भएकाे छ ।

       तालिममा बागमती गाँउपालिकाका ९ वटै वडाबाट ३/३ जना गरि ३१ जनाकाे सहभागिता रहेकाे छ । तालिममा प्रशिक्षक द्वय अधिवक्ता भानुभक्त रिजाल र सिताराम अधिकारीले आठ दिवसीय आधारभूत तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु, मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध बिषयमा दिनकाे ६ घण्टाका दरले सहजिकरण गर्ने बताईएकाे छ । पालिका भित्रमा रहेका सम्पुर्ण समुदायहरुका लागि न्यायमा पहुच पुर्याउने र
आफ्नाे विवाद आफै सामाधन गर्ने र उदेश्यका साथ तालिम सञ्चालन गरिएकाे अधिवक्ता भानुभक्त रिजालले बागमती सन्देशलाई बताउनुभयाे ।

उद्घाटन समाराेहमा बागमती न्यायपालिका सदस्य निर्जन घिसिङले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने पालिका अध्यक्ष स्वकिय सचिव मनाेज वलले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे । उद्धघाटन समाराेहमा ३ नं. वडा अध्यक्ष एवम् सामाजिक विकास सँयाेजक कमान सिँ पाख्रिन, ४ नं. वडाध्यक्ष एवम् भाैतिक पुर्वाधार विकास सँयाेजक दन्तलाल माझी, प्रमुख प्रशासकीय अधिकृत  झम्कनारायण घलान, ने.क.पा. माओवादी केन्द्र बागमती गाउँ कमिटीका अध्यक्ष अरुण वल, न्यायिक सहजकर्ता श्रीदेवी गाेले लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *